+
+

बागमतीको जितसँगै महिला क्रिकेटको सेमिफाइनल समीकरण पूरा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३० गते १६:२२

३० असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा मधेश प्रदेशमाथि ८ विकेटको फराकिलो जित हात पार्दै बागमती प्रदेश समूह उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको छ ।

मधेससँगको खेलमा जितका लागि पाएको ५५ रनको लक्ष्य बागमतीले १३.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो ।

बागमतीकी सुमन खतिवडा १७ रन र अनिशा माझाकोटी १६ रनमा अविजित रहिन् । ओपनरद्वय अस्मिता खरेल र कञ्चन श्रेष्ठले क्रमशः १३ र ५ रन बनाए ।

मधेसका सरस्वती कुमारी र कविता गौतमले समान १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मधेश १८.२ ओभरमा ५४ रनमा अलआउट भएको थियो । मधेशका लागि कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । शान्ति चौधरीले बनाएको ८ रन नै सर्वाधिक रह्यो ।

बागमतीको लागि विविशा शाही, सोनी पाख्रिन र खुसी डंगोलले समान २ विकेट लिए ।

यो खेलको नतिजासँगै नवौं राष्ट्रिय खेलकुदमा महिला क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ । समूह ए बाट एपीएफ क्लब र बागमती सेमिफाइन प्रवेश गरेका छन् भने समूह बी बाट नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेश सेमिफाइनल प्रवेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?