+
+

नवौं खेलकुदको तेस्रो दिन : प्याराग्लाइडिङमा दुर्घटना, एथलेटिक्स र पौडीमा राष्ट्रिय कीर्तिमान

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७९ असोज ३० गते २२:०५

३० असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत तेस्रो दिन आइतबार एथलेटिक्स, पौडीलगायत केहि स्पर्धामा स्वर्ण विजेताको छिनोफानो भएको छ । केहि स्पर्धामा समूहचरणका खेल जारी छन् ।

आइतबार पौडीमा तीन र एथलेटिक्समा दुई राष्ट्रिय कीर्तिमान बनेका छन् । पौडीमा नासिर हुसेनले २०० मिटर इन्डिभिज्युअल मिड्ले र २०० मिटर ब्याकस्ट्रोकमा आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरे । महिलातर्फ डुवाना लामाले ५० मिटर ब्रेष्टस्ट्रोकमा आफ्नै नामको कीर्तिमान सुधारिन् ।

एथलेटिक्समा आर्मीका दीपक अधिकारीले १० हजार मिटर दौडमा स्वर्णसहित नयाँ राष्ट्रिय कीर्तिमान बनाए । उनले गोपीचन्द्र पार्कीको नाममा रहेको ८ वर्ष पुरानो कीर्तिमान तोडेका हुन् । आर्मीकै जयरानी थारुले ४०० मिटर हर्डल्समा आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरिन् ।

राष्ट्रिय प्याराग्लाइडिङ च्याम्पियनसिपका क्रममा पुरुष क्रशकन्ट्री विधामा प्रतिस्पर्धा गरेका त्रिभुवन आर्मी क्लबका निसिम थापाको दुर्घटनामा निधन भयो ।प्याराग्लाइड टेक अफ गरेको तीन मिनेटमै उनी करिव १०० मिटरबाट जमिनमा बजारिएका थिए । पोखराको मेट्रो सिटी अस्पतालमा उपचारका क्रममा उनको निधन भयो ।

नवौं खेलकुदअन्तर्गत आइतबार स्वर्ण जित्ने र केहि विशेष प्रदर्शनको तस्वीरहरु यहाँ समावेश गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?