
३१ असोज, काठमाडौं । स्पेनिस ला लिगा सिजनको पहिलो एल क्लासिकोमा रियल मड्रिडले बार्सिलोनालाई ३–१ ले पराजित गरेको छ ।
रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा भएको कप्तान करिम बेन्जेमा, फेडे भाल्भेर्डे र रोड्रिगोले गोल गरेका हुन्, बार्सिलोनाका लागि भने फेरान टोरेसले एक गोल फर्काए ।
आइतबार राति भएको खेलमा घरेलु टोली रियललको खेलको १२औं मिनेटमा बेन्जेमाको गोलबाट अग्रता लिएको हो । ३५औं मिनेटमा फेडे भाल्भेर्डेले दर्शनीय गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।
८३औं मिनेटमा बार्सिलोनाका लागि वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका फेरान टोरेसले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । ६०औं मिनेटमा राफिन्हाको स्थानमा मैदान छिरेका टोरेसले रोबर्ट लेवान्डोस्कीको पासमा टोलीका लागि गोल गरेका थिए ।
थप गरिएको समयकोे पहिलो मिनेटमा रियलका लागि वैकल्पिक खेलाडी रोड्रिगोले पेनाल्टीमार्फत गोल गर्दै रियललाई ३–१ को जित दिलाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4