+
+

लुम्बिनीलाई हराउँदै एपीएफ महिला क्रिकेटको फाइनलमा, नेरी र ज्योतिको उत्कृष्ट प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३१ गते १३:१९

३१ असोज, पोखरा । एपीएफ नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटको फाइनलमा पुगेको छ । पोखरामा भएको खेलमा लुम्बिनीलाई ६९ रनले हराउँदै एपीएफले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

जितका लागि १३० रनको लक्ष्य पछ्याएको लुम्बिनी १८.२ ओभरमा ६० रनमा अल आउट भयो । नेरी थापाको उत्कृष्ट बलिङमा एपीएफले लुम्बिनीमाथि सहज जित हात पारेको हो ।

लुम्बिनीका लागि सुस्मिता बजगाईँले सर्वाधिक १२ रन बनाइन् । ओपनर लक्ष्मी चौधरी र आश्मा पुलामी मगर क्रमशः ५ र ६ रनमा आउट हुन पुगे । त्यसपछि कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

एपीएफका लागि नेरी थापाले सर्वाधिक ४ विकेट लिइन् । त्यस्तै रेखा रावल, इन्दु बर्मा र सीता राना मगर, सुमन विष्ट र सुष्मा श्रेष्ठले समान १÷१ विकेट लिएका हुन् ।

यसअघि पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय २९ रन बनाएको थियो । एपीएफका लागि ओपनर ज्योति पाण्डेले उत्कृष्ट ब्याटिङ गर्दै ६१ बलमा ७ चौकासहित सर्वाधिक ६९ रन बनाइन र उनी नट आउट रहिन् ।

अर्की ओपनर ब्याटर कप्तान सीता रानामगर ११ रनमा क्याच आउट भइन् । तेस्रो क्रमकी ब्याटर इन्दु बर्मा ११ रनमा स्टम्पिङ भइन् ।

रोमा थापा १३ बल खेल्दै १२ रनमा अविजित रहिन् । लुम्बिनी प्रदेशका लागि कृतिका मरासिनीले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिइन् भने मनिषा रानाले ४ ओभर बलिङ गर्दै १ विकेट लिइन् ।

दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । फाइनल र कांस्य पदकका लागि मंगलबार प्रस्तिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?