
१ कात्तिक, काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला म्याराथनको स्वर्ण विभागीय टोली एपीएफ क्लबकी विन्द्रा धन्के श्रेष्ठ देशारले जितेकी छन् ।
पोखरा रंगशालामा मंगलबार बिहान सम्पन्न म्याराथनमा बिन्द्राले निर्धारित दुरी २ घण्टा ५७ मिनेट २३ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितिन् । उनले म्याराथनमा प्रतिस्पर्धा गरेको पहिलो पटकमै स्वर्ण जित्न सफल भएकी हुन् ।
उनले यसअघि मध्यम दूरीमा प्रतिस्पर्था गर्दै आएकी थिइन् । आर्मीकी विश्वरुपा बुढाले ३ घण्टा ३५ सेकेन्डमा दूरा पूरा गर्दै रजत जितिन् । पुलिसकी रेखा बिष्टले ३ घण्टा ०१ मिनेट ३५ सेकेन्ड समय निकाल्दै कांस्य जितिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4