+
+

‘कर्णालीमा ‘नाकाबन्दी’ भयो, हवाइ सेवा नियमित होस्’

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १ गते १२:४७
नेकपा माओवादी केन्द्रका नेता तथा कर्णालीका पूर्व आन्तरिक मामिलामन्त्री नरेश भण्डारी ।

१ कात्तिक, काठमाडौं । कर्णाली प्रदेशको एक टोलीले हवाइ उडानसम्बन्धी समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेको छ ।

कर्णाली प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी नेतृत्वको टोलीले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठ भेट गरी हवाइ समस्या समाधान गर्न माग गरेको हो ।

‘कर्णालीका लागि हवाइ सेवाको दीर्घकालीन समस्या समाधान गर्नु प¥यो । र, यसका लागि केही ट्वीन अटर जहाजहरु थप गर्नुप¥यो भनेर मन्त्रीज्यूलाई ज्ञापन पत्र बुझाइएको छ’ नेकपा माओवादी केन्द्रका नेता भण्डारीले भने ।

टोलीले कर्णालीमा उडान गरिरहेका निजी सेवा प्रदायक कम्पनीको उडानलाई नियमित बनाउन उनीहरुसहितको बैठक बोलाउन पनि मन्त्री श्रेष्ठसँग आग्रह गरेको छ ।

केही दिनअघिको वर्षात्का कारण सडकमार्ग, विद्युत र टोलिफोन सेवा समेत अवरुद्ध भएपछि अहिले कर्णाली प्रदेशका मुगु, हुम्ला, जुम्ला र कालीकोट जिल्ला सम्पर्क विच्छेद अवस्थामा छ ।

पूर्वमन्त्री भण्डारीले कर्णालीमा यस्तो खालको अघोषित नाकाबन्दी भइरहेका बेला हवाइ सेवा समेत नियमित नहुँदा त्यहाँका जनताले ठूलो पीडा भोग्नुपरेको गुनासो समेत गरे ।

मन्त्री श्रेष्ठले कर्णालीमा देखिएका हवाई उडानको समस्या समाधान हुने गरी २ वटा विमान खरिद गर्ने योजना अघि सारिएको जवाफ दिए । त्यस्तै निजी क्षेत्रका सेवा प्रदायक कम्पनीलाई बोलाएर सो क्षेत्रमा उडान सेवा नियमित गर्न निर्देशन दिने आश्वासन समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?