
काठमाडौं । साम्राज्ञी शाह र जितु नेपाल अभिनित फिल्म ‘ह्यारीकी प्यारी’को प्रदर्शन मिति पोस्टपोन्ड भएको छ । जितुले कात्तिक २५ गते फिल्म रिलिज नहुने जानकारी दिए ।
‘केही दिनमै नयाँ प्रदर्शन मिति घोषणा हुन्छ,’ अनलाइनखबरसँग उनले भने, ‘तर पूर्वनिर्धारित मितिमा फिल्म आउने छैन ।’
साम्राज्ञी र जितुको प्रमुख भूमिका रहेको यो फिल्म कमेडी कथावस्तुमा आधारित छ । निर्देशक कपिल रिजाल पनि यतिबेला लण्डनमा छन् । जितुले फिल्म पोष्टपोन्ड हुनुको कारणबारे खुलाएनन् ।
सोही मितिमा आउने भनिएको अर्को नेपाली फिल्म ‘वेलकम टु हेम्जाकोट’ पनि रिलिज नहुने भएको छ । उक्त मितिमा नेपालमा छायांकन गरिएको बलिउड फिल्म ‘उचाइ’ पनि प्रदर्शन हुँदैछ ।
चुनावका कारण प्रदर्शन रोकिएको जनाइए पनि उक्त मितिमा ‘उचाइ’ पनि आउने भएपछि निर्माताले फिल्म प्रदर्शन गर्न नचाहेको देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4