+
+

पेरिसडाँडामा खिचियो चुनावी गीत, भिडियोमा प्रचण्ड पनि

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २ गते १७:४६

अरु केही थाहा छैन

गठबन्धनलाई नजिताई भा’छैन

प्रचण्डले सोचजस्तो गर्नै पा’छैन

आगामी मंसिर ४ गते हुने चुनावमा सत्ता गठबन्धनलाई जिताउन आग्रह गर्दै तयार पारिएको गीतका शब्द हुन् यी । गीतको भिडियोको छायांकन बुधबार भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धन दलका शीर्ष नेताहरु चुनावी गीतको भिडियोमा फिचर्ड भएका छन् । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा भिडियोको छायांकन गरिएको छ ।

माओवादी केन्द्रको भातृ संगठन जनसांस्कृतिक महासंघले निर्माण गरेको यो भिडियोमा शब्द, संगीत, स्वर र निर्देशन चेतन सापकोटाको छ । माओवादी केन्द्रीय कार्यालयमा सुटिङ गरिएको भिडियोमा जनसांस्कृतिक महासंघका कलाकारले अभिनय गरेका छन् ।

गोरखामा खिचिएको प्रचण्ड, डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको भिडियो पनि गीतमा समावेश गरिएको छ । प्रचण्डले गीतमा लिपसिंक पनि गरेका छन् । गीतमा गठबन्धनका शीर्ष नेतासहित स्थायी कमिटी तहका सबै नेतालाई प्रस्तुत गरिने भएको छ ।

गीत बिहीबार सार्वजनिक गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?