+
+
नवौं राष्ट्रिय खेलकुद :

प्याराग्लाइडिङ दुर्घटनामा ज्यान गुमाएका निसिमलाई मानार्थ गोल्ड मेडल

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३ गते १२:१०
निसिम थापाको मानार्थ स्वर्ण पदक उनका काका भेनिसलाई प्रदान गर्दै खेलकुदमन्त्री महेश्वरजंग गहतराज ।

३ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुदमा खेलकै क्रममा दुर्घटनामा परेर मृत्यु भएका खेलाडी निसिम थापालाई मानार्थ स्वर्णपदक प्रदान गरिएको छ ।

उनको असोज ३० गते प्याराग्लाइडिङ अन्तर्गत क्रसकन्ट्री विधामा प्रतिस्पर्धा गर्दैगर्दा दुर्घटनामा परी मृत्यु भएको थियो ।

गोरखा स्थायी घर भई हाल पोखरा–१० बस्दै आएका थापा नेपाल आर्मीसँग करारमा अनुबन्ध भएर नवौं राष्ट्रिय खेलकुदमा सहभागी थिए ।

खेलकै क्रममा ज्यान गुमाएका उनलाई बिहीबार उनलाई मानार्थ स्वर्ण पदक हस्तान्तरण गरिएको हो । पोखरा रंगशालामा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले थापाको पदक उनका काका भेनिस थापालाई हस्तान्तरण गरे ।

दुर्घटनापछि प्याराग्लाइडिङ प्रतियोगिता बिचमै रोकिएको थियो । त्यसैले तयारी खेलकै नतिजालाई आधार मानेर विजेता घोषित गरियो ।

जसमा गण्डकी प्रदेश र नेपाल आर्मीले समान ३/३ स्वर्ण पदक हात पारेका हुन् । निसिम सहभागी भएको विधामा आर्मीले रजत पदक जितेको छ ।

विजेता बनेका खेलाडीलाई मन्त्री गहतराजले पोखरा रंगशालामा नै पदक हस्तान्तरण गरेका छन् । तर, विजयी खेलाडीलाई पदक गलामा नभई हातमा दिइएको छ ।

स्वर्गीय थापाप्रति सम्मान गर्दै पदक गलामा नलगाएको र हातमा दिइएको नेपाल प्याराग्लाइडिङ तथा ह्यान्डग्लाइडिङ संघले जनाएको छ ।

नवौं संस्करणका दौरान ज्यान गुमाउने थापाको सम्मानमा पोखरा रंगशालामा अर्धकदको शालिकसमेत बनाइने निर्णय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?