+
+

टी–२० विश्वकपमा नेदरल्यान्ड्समाथि श्रीलंकाको जित

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३ गते १३:४०

३ काक्तिक, काठमाडौं । आइसीसी टी–२० विश्वकपमा श्रीलंकाले नेदरल्यान्ड्सलाई १६ रनले हराएको छ ।

जितका लागि १६३ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४६ रन मात्र बनाउ सक्यो ।

नेदरल्यान्ड्सका ओपनर ब्याटर म्याक्स ओडाउडले नट आउट ७१ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । उनले ४० बलमा ५ चौका र १ छक्का हाने । कप्तान स्कट इड्वार्डसले २१ तथा टोम कोपरले १६ रन बनाए । यस्तै बास डि लेडे १४ रनमा आउट भए ।

श्रीलंकाका वानिन्डु डी सिल्भाले सर्वाधिक ३ तथा महेश थक्सानाले २ विकेट लिए ।

सिमोन्ड स्टेडियममा टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६२ रन बनाएको थियो । श्रीलंकाका ओपनर ब्याटर कुसल मेन्डिसले ७९ रन बनाए । उनले ४४ बलमा ५ चौका र ५ छक्का प्रहार गरेका हुन् ।

चरिथ आशलंकाले ३ चौका सहित ३१ रन बनाए । भानुका राजपाक्षेले १९ रन बनाए । नेदरल्यान्ड्सका लागि पल भान र लेडेले समान २ विकेट लिए ।

जितसँगैै समुह एको अंक तालिकामा  शीर्ष स्थानमा उक्लिएको श्रीलंका  सुपर १२ मा पुगेको छ । समान ३ खेलबाट ४ अंक नै बनाए पनि रनरेटका आधारमा नेदरल्याण्ड्स दोस्रो स्थानमा छ । नामिबिया तेस्रो र यूएई चौथो स्थानमा छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?