+
+

आयल निगमले माग्यो ६० भन्दा बढी कर्मचारी

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ४ गते १२:५३

४ कात्तिक, काठमाडौं । नेपाल आयल निगमले विभिन्न तहमा ६० भन्दा बढी कर्मचारी माग गरेको छ । निर्देशक (१० औं तह)देखि तहविहीन बाउजर अपरेटरसम्मको पदमा कर्मचारी माग गरिएको छ ।

निगमले शुक्रबार एक प्रकाशित गरी २१ दिन भित्र दरखास्त दिन भनेको छ । दोब्बर दस्तुर तिरेर म्याद सकिएको ७ दिन भित्र दरखास्त दिन सकिने छ । अनलाइनबाटै फारम भर्न सकिने समेत निगमले जनाएको छ ।

१०औं तहमा १ जना महिलाको माग भएको छ । ८ औं तहमा प्राविधिक/इन्जिनियरको समेत माग भएको छ । छैटौं तहको प्रशासनमा खुलातर्फ ४ जनाका लागि दरखास्त खुलेको छ । निगमको लिखित परीक्षा नेपाल आयोगले लिनेछ । सबै परीक्षा केन्द्र काठमाडौंमा हुनेछन् । १० औं तहका लागि १२ रुपैयाँ परीक्षा दस्तुतर तोकिएको छ । तहविहीनका लागि १ सय रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?