+
+

४ मंसिरको महाफैसला सही हुनुपर्छ : ओली

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ४ गते १८:३७

४ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४ मंसिरमा जनताले गर्ने महाफैसला सही हुनुपर्ने बताएका छन् ।

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा ओलीले आफ्नो नेतृत्वको सरकारलाई अदालतले हटाएको बताए ।

‘अदालत सदालत धेरै बसे । सरकार हटाए । त्यो सबै सच्याउने गरी जनताको महाअदालत ४ गते बस्दैछ,’ उनले भनेका छन्, ‘त्यसले महाफैसला गर्नेछ । त्यो महाफैसला सही हुनु पर्दछ । सही फैसला गर्न, गराउन साथीहरु लाग्नुस् ।’

सत्तारुढ दलहरुले निर्वाचनको बेला जनतालाई अल्मल्याउने काम गरिरहेको उनको आरोप छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति कटाक्ष गर्दै उनले आफूहरुले निर्वाचन आचारसंहिता विपरीत फ्रि भिसा र फ्रि टिकटको कुरा नगरेको बताए । उनले भने, ‘अरुले भनेजस्तो हामी फ्रि भिसा, फ्रि टिकट यस्तो भनेर हिँडेका छैनौं । विना ढेउवा पनि भनेका छैनौं । मान्छे अल्मल्याउने काम गरेका छैनौं ।’

उनले आफ्नो नेतृत्वको अघिल्लो सरकारले अरु पार्टीले २० वर्षमा गर्न नसकेको काम ३ वर्षमै गरेर देखाएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?