+
+

पर्सामा हात्तीको आक्रमणबाट निकुञ्जका कर्मचारीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ४ गते २०:२०

४ कात्तिक, वीरगञ्ज । पर्सामा हात्तीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ । बाराको जितपुर सिमरा उप–महानगरपालिका वडा नं.५ डुमरवाना घर भएका ३१ वर्षीय रमेश महराको मृत्यु भएको हो ।

उनी पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय अन्तर्गत रामभोरी भठ्ठा सेन्टर गढुवा लाइन पोष्टमा करारमा कार्यरत थिए । कामिनीकली नामक हात्तीलाई चराएर शुक्रबार दिउँसो सवा ३ बजेतिर ठोरी गाउँपालिका सुवर्णपुरस्थित हात्तीसारमा बाँध्ने क्रममा महरालाई हात्तीले आक्रमण गरेको थियो ।

हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका उनलाई तत्कालै प्रहरी चौकी सुवर्णपुरबाट खटिएको प्रहरी टोलीले उद्दार गरेको थियो । उनलाई मेडिसिटी वयोधा अस्पताल वीरगञ्जमा उपचारका लागि ल्याइएको थियो ।

उपचारको क्रममा महराको अपरान्ह साढे ४ बजे अस्पतालले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?