
काठमाडौं । नेपालमा छायांकन भएको बलिउड फिल्म उचाइको नयाँ गीत ‘केटीको’ सार्वजनिक भएको छ । गीतमा अमिताभ बच्चन, डेनी डेनजोङ्पा, बोमन इरानी र अनुपम खेर नेपाली टोपीमा सजिएर नृत्य गरिरहेका छन् ।
बुढ्यौंली उमेरका चार साथीहरु सगरमाथा क्षेत्रको भ्रमणका लागि नेपाल आएको सन्दर्भमा यो गीतको छायांकन गरिएको हो । नेपाली शब्दमै केटीको बोलको गीत बुनिएको छ ।
सुरज वर्जत्य निर्देशित यो फिल्मले नेपालको पर्यटन प्रवद्र्धनमा फाइदा पुग्ने अपेक्षा गरिएको छ । नेपालमै छायांकन भएकाले पनि नेपाली दर्शकमाझ फिल्मलाई लिएर प्रतीक्षा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4