
काठमाडौं । सलोन बस्नेतको प्रमुख भूमिका रहने फिल्म ‘जय हो’ को निर्माण घोषणा गरिएको छ । सलोन सलिना फिल्म्सको ब्यानरमा बन्ने फिल्मको प्रस्ततुकर्तामा शोभित बस्नेत रहनेछन् ।
फिल्मको एक प्रमुख भूमिकामा सलोन फाइनल भए पनि अर्का एक नायक र नायिका भने तय भइसकेका छैनन् । सुरेश न्यौपानेले कथा लेखिरहेकको फिल्ममा पछिल्लो समयका चर्चित निर्देशक नै लिने सोच निर्माण टिमको छ ।
फिल्मलाई राज के अधिकारी र सुरज सरकारले निर्माण गर्न लागेका हुन् । उनीहरु अष्ट्रेलियाको जय हो बिजनेस ग्रुप र सनराइज ग्रुप अष्ट्रेलिया रकडेलका सञ्चालक हुन् ।
एक्सन लभस्टोरी कथामा निर्माण हुने फिल्म काठमाडौं, पोखरा र मुस्ताङमा खिचिने जनाइएको छ । नेपालको छायांकन सकिएपछि फिल्मको केही प्रतिशत छायांकन अष्ट्रेलियामा पनि गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4