+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

युक्रेन नीति बदल्न अमेरिकी राष्ट्रपति बाइडेनलाई सांसदहरूको दबाब

प्रोग्रेसिभ ककसकी अध्यक्ष प्रमिला जयपालको नेतृत्वमा अमेरिकी राष्ट्रपति बाइडेनलाई बुझाइएको पत्रमा युक्रेनलाई प्रदान गर्दै आएको सैन्य र आर्थिक सहयोगलाई छाड्न र रुससँग कुटनीतिक संवाद गर्न सुझाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ८ गते १३:१९
Photo Credit : REUTERS/Tom Brenner

८ कात्तिक, काठमाडौं । रुस–युक्रेन युद्धप्रतिको रणनीति बदल्न अमेरिकी राष्ट्रपति जो बाइडेनलाई सांसदहरुले दबाब दिएका छन् ।

जुन १ देखि रुस–युक्रेन युद्ध जारी छ । अमेरिकाले युक्रेनलाई सहायता र समर्थन गर्दै आएको छ । तर, रुस–युक्रेन युद्ध नरोकिएपछि लिबरल डेमोक््रयाटहरुले रणनीति बदल्नुपर्नेमा जोड दिएका हुन् ।

२५ जना भन्दा बढी सांसदले राष्ट्रपति जो बाइडेनलाई युक्रेनप्रतिको रणनीति परिवर्तन गर्न आग्रह गरेका छन् । साथै रुससँग प्रत्यक्ष कुटनीतिक पहल गर्न पनि भनेका छन् । डेमोक्र्याट सांसदहरुले सोमबार जो बाइडेनलाई पठाएको पत्रमा युक्रेनलाई समर्थन गर्ने नीतिको प्रशंसा गरेका छन् ।

रुसले युक्रेनलाई अपमानजनक र गैरकानूनी आक्रमण गरेर आफूमा विलय गर्न खोजेकोमा कुनै भ्रम नरहेको भन्दै सांसदहरुले लेखेका छन्, ‘यदि स्वतन्त्र युक्रेनलाई बचाएर युद्ध अन्त्य गर्ने उपाय छ भने युक्रेनका जनतालाई स्वीकार्य हुने त्यस्तो समाधानलाई समर्थन गर्न हरेक कूटनीतिक माध्यम अपनाउने जिम्मेवारी अमेरिकाको हो ।’

अब लामो युद्ध रोक्नका लागि अमेरिकाले कुटनीतिक रुपमा पहल गर्नुपर्ने सुझाएका छन् । ‘कुटनीतिक माध्यमबाट लामो रुस युक्रेन युद्ध रोक्न थप बलियो प्रयास आवश्यक छ’, राष्ट्रपति जो बाइडेनलाई बुझाइएको पत्रमा उल्लेख छ ।

यी दुई देशबीचको युद्धले विनाशको जोखिम मात्रै बढाएकोले यसबाट बच्नु युक्रेन र संयुक्त राज्य अमेरिकासहित विश्वको हितमा रहेको पनि पत्रमा भनिएको छ । कांग्रेसको प्रोग्रेसिभ ककसकी अध्यक्ष प्रमिला जयपालको नेतृत्वमा अमेरिकी राष्ट्रपति बाइडेनलाई बुझाइएको पत्रमा अमेरिकाले युक्रेनलाई प्रदान गर्दै आएको सैन्य र आर्थिक सहयोगलाई निरन्तरता नदिन पनि सुझाव दिइएको छ ।

रुसले युक्रेनलाई अपमानजनक र गैरकानूनी आक्रमण गरेर आफूमा विलय गर्न खोजेकोमा कुनै भ्रम नरहेको भन्दै सांसदहरुले लेखेका छन्, ‘यदि स्वतन्त्र युक्रेनलाई बचाएर युद्ध अन्त्य गर्ने उपाय छ भने, युक्रेनका जनतालाई स्वीकार्य हुने त्यस्तो समाधानलाई समर्थन गर्न हरेक कूटनीतिक माध्यमबाट पछ्याउने जिम्मेवारी अमेरिकाको हो ।’

राष्ट्रिय सुरक्षा परिषद्का रणनीतिक सञ्चार संयोजक जोन किर्बीले पनि सांसदहरुको पत्र प्राप्त भएको पुष्टि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?