
८ कात्तिक, काठमाडौं । राजा चार्ल्स तृतीयलाई भेटेसँगै ऋषि सुनक औपचारिक रुपमा बेलायतको प्रधानमन्त्री बनेका छन् ।
कन्जरभेटिभ पार्टीको नेता चुनिएका उनले मंगलबार बर्किङ्घम दरबारमा राजासँग भेट गरेका थिए । त्यसक्रममा राजाले सरकार गठनका लागि आग्रह गरेका छन् । यससँगै ऋषि बेलायतको ५७औं प्रधानमन्त्री बनेका छन् ।
उनी बेलायतका पहिलो ब्रिटिश एसियाली प्रधानमन्त्री भएका छन् । बेलायतमा उनी यस वर्षका तेस्रो प्रधानमन्त्री पनि हुन् ।
डाउन स्ट्रिटबाट देशका नाममा सम्बोधन गरेका ऋषिले आफ्नो पूर्ववर्तीले गरेका केही गल्तीलाई सुधार्न तत्काल सुरु गर्ने बताएका छन् ।
बोरिस जोनसनले प्रधानमन्त्रीका रुपमा हासिल गरेका अभूतपूर्व उपलब्धीप्रति धन्य रहने भन्दै उनले भनेका छन्, ‘हाल हाम्रो देशको गम्भीर आर्थिक संकट सामाना गरिरहेका छौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4