१० कात्तिक, काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले महिला क्रिकेटरलाई पनि पुरुष खेलाडीकै सरह म्याच फी दिने भएको छ ।
(बीसीसीआई)का सचिव जय साहले ट्वीट गर्दै अब महिला क्रिकेटरलाई पनि पुरुष खेलाडीकै सरह म्याच फी दिने घोषणा गरेका हुन् ।
‘मलाई यो घोषणा गर्दै गर्दा खुसी लागेको छ कि बीसीसीआईले भेदभाव अन्त्यका लागि पहिलो कदम उठाएको छ,’ उनले ट्वीट गरेका छन्, ‘हामीले बीसीसीआईसँग अनुबन्ध क्रिकेटर्सका लागि पे-इक्विटी पोलिसी लागू गरेका छौं, महिला तथा पुरुष दुबै क्रिकेटर्सको लागि म्याच फी बराबर हुने छ ।’
भारतीय पुरुष खेलाडीले एउटा टेष्ट म्याचको १५ लाख, एक दिवसीय खेलको ६ लाख र टी-२० म्याचको ३ लाख भारतीय रुपैयाँ म्याच फी पाउँदै आएका छन् । अब महिला क्रिकेटरले पनि सोही अनुसार पाउने छन् ।
प्रतिक्रिया 4