News Summary
Generated by OK AI. Editorially reviewed.- आर्सनलले वुल्भ्सलाई २-१ गोलअन्तरले हराउँदै १६ खेलमा ३६ अंकसहित शीर्षस्थानमा रहँदैछ।
- चेल्सीले एभर्टनलाई २-० ले पराजित गर्दै १६ खेलमा २८ अंकसहित चौथो स्थानमा उक्लिएको छ।
- लिभरपुलले घरेलु मैदानमा ब्राइटनलाई २-० ले हराउँदै १६ खेलमा २६ अंकसहित छैटौं स्थानमा छ।
२८ मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा शीर्षस्थानको आर्सनलसहित लिभरपुल र चेल्सीले जित हासिल गरेका छन् ।
आर्सनलले वुल्भ्सलाई २-१ गोलअन्तरले हराएको हो । आर्सनलको जितमा दुवै गोल वुल्भ्सबाट आत्मघाती भएको थियो ।
खेलको ७०औं मिनेटमा साम जोनस्टोनबाट आत्मघाती गोल भएपछि आर्सनलले अग्रता लिएको थियो । ९०औं मिनेटमा टोनी अरोकोदारेले गोल गर्दै खेल बराबरीमा ल्याए ।
इन्जुरी समयमा इर्सन मोसकेराबाट आत्मघाती गोल भएपछि आर्सनल २-१ ले विजयी भयो । जितपछि शीर्षस्थानको आर्सनलको १६ खेलमा ३६ अंक भएको छ । पराजित वुल्भ्स २ अंकसहित पुछारमा छ।
त्यस्तै गएराति नै भएको अर्को खेलमा चेल्सीले एभर्टनमाथि २-० को जित हासिल गर्यो । चेल्सीको जितमा कोल पाल्मरले २१औं मिनेटमा तथा मार्क गस्टोले ४०औं मिनेटमा गोल गरेका थिए ।
जितपछि चेल्सी १६ खेलमा २८ अंकसहित चौथो स्थानमा उक्लिएको छ । पराजित एभर्टन २४ अंकसहित आठौं स्थानमा छ ।
यता लिभरपुलले पनि घरेलु मैदानमा भएको खेलमा ब्राइटनलाई २-० ले पराजित गर्यो । लिभरपुलको जितमा ह्युगो एकिटिकले पहिलो मिनेटमै गोल गरेका थिए भने ६०औं मिनेटमा उनैले दोस्रो गोल गरे।
जितपछि १६ खेलमा २६ अंकसहित लिभरपुल छैटौं स्थानमा छ । ब्राइटन २३ अंकसहित नवौं स्थानमा छ ।
प्रतिक्रिया 4