+

इमर्जिङ प्लेयर बनेका शेरले जिते एनपीएलको दोस्रो उपाधि

२०८२ मंसिर  २७ गते १९:३४ २०८२ मंसिर २७ गते १९:३४
इमर्जिङ प्लेयर बनेका शेरले जिते एनपीएलको दोस्रो उपाधि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग क्रिकेटको उपाधि पहिलोपटक जित्यो।
  • शेर मल्लले लुम्बिनीबाट दोस्रोपटक एनपीएल उपाधि जिते र १७ विकेट लिएर सर्वाधिक विकेट लिने खेलाडी भए।
  • शेर मल्लले उत्कृष्ट इमर्जिङ खेलाडीको अवार्ड र पल्सर बाइक पुरस्कार पनि पाए।

२७ मंसिर, काठमाडौं । लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि जित्यो । लुम्बिनीले पहिलोपटक उपाधि जित्दा लुम्बिनीका खेलाडी शेर मल्लले भने दोस्रोपटक एनपीएलको उपााधि जिते ।

गत संस्करण जनकपुर बोल्ट्सबाट एनपीएलको उपाधि जितेका शेरले यसपटक लुम्बिनी लायन्सबाट उपाधि जिते ।

शेर मल्ल लुम्बिनीको उपाधि जितमा महत्वपूर्ण भूमिकामा रहे । उनले १७ विकेट लिएर संयुक्त रूपमा सर्वाधिक विकेट लिने खेलाडीका रूपमा रहे ।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट इमर्जिङ खेलाडीको अवार्ड पनि शेरले नै पाए । उनले पल्सर बाइक पुरस्कार पाए ।

शेरले नेपाल यू-१९ टिम र नेपाल ए टिमबाट समेत खेलिसकेका छन् । उनी यस सिजन लुम्बिनीका लागि एक्स फ्याक्टर प्लेअरका रूपमा रहे ।

एनपीएल एनपीएल क्रिकेट एनपीएल २०२५
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय