News Summary
Generated by OK AI. Editorially reviewed.- बार्सिलोनाले घरेलु मैदानमा ओसासुनालाई २-० गोलअन्तरले हराएको छ।
- राफिन्हाले दोस्रो हाफको ७०औं र ८६औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई जित दिलाएका छन्।
- जितपछि बार्सिलोनाको १७ खेलमा ४३ अंक भएको छ भने ओसासुनाको १५ अंक छ।
२८ मंसिर, काठमाडौं । ब्राजिलियन विंगर राफिन्हाको दुई गोल मद्दतमा स्पेनिस लालिगा फुटबलमा शीर्षस्थानको बार्सिलोनाले जित हासिल गरेको छ ।
बार्सिलोनाले घरेलु मैदानमा भएको खेलमा ओसासुनालाई २-० गोलअन्तरले हराएको हो ।
राफिन्हाले दोस्रो हाफको ७०औं र ८६औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए ।
जितपछि बार्सिलोनाको १७ खेलमा ४३ अंक भएको छ । पराजित ओसासुनाको १५ अंक छ र १६औं स्थानमा छ ।
गएराति नै भएको अर्को खेलमा एट्लेटिको मड्रिडले भ्यालेन्सियालाई २-१ गोलअन्तरले हरायो ।
प्रतिक्रिया 4