+
+

दीपिकाको दीपावली मुड

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १० गते १६:१५

काठमाडौं । रातो साडी, रातै पोते, रातै टीका अनि रातै लिपिस्टिक पनि । सप्तरंगी पर्व तिहारको उल्लासमा खुसी साटिरहेकी छिन्, अभिनेत्री दीपिका प्रसाईं पनि ।

त्यसो त कुनै पनि चाडपर्व नहोलान्, जहाँ दीपिकाले आफ्नो खुसी मिसाएकी छैनन् । क्यालेन्डरको पाता फेरिंदैपिच्छे आउने चाडपर्वमा उनी उत्तिकै रमाइरहेकी देखिन्छिन् । र, सोही चाडको रंगसँग मिल्दो पहिरनमा ठाँटिने गरेकी छिन् ।

दीपावलीको अवसरमा उनले रातो पहिरनमा चिरिच्याट्ट परेर फोटो खिचाएकी छन् । ‘कुुसुम क्रिएसन’को पहिरनमा उनी साँच्चै नै आकर्षक देखिएकी छन् । यही पहिरनमा तीन थान फोटो फेसबुकमा राख्दै दीपिकाले संक्षिप्तमा लेखेकी छिन्, ‘ह्याप्पी तिहार ।’

झलमल्ल दियो बालेर त्यसैको पृष्टभूमिमा आफूलाई राखेर उनले फोटो खिचाएकी छन् । सयपत्रीको थुँगा, झलमल्ल दियोले दीपावलीको छनक दिएको छ ।

‘ऐश्वर्य’बाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेकी दीपिकाले त्यसपछि ‘छक्कापञ्जा ३’ मा अभिनय गरिन् । उनले केही वर्षअघि निर्देशक दिवाकर भट्टराईसँग विवाह गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?