+
+

टी-२० विश्वकपमा अष्ट्रेलिया र इंग्ल्याण्डबीचको खेल पनि रद्द

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ११ गते १६:२१

११ कात्तिक, काठमाडौं । अष्ट्रेलियामा भइरहेको आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत शुक्रबारको अष्ट्रेलिया र इंग्ल्याण्डबीचको खेल पनि रद्द भएको छ ।

मेलवर्नमा तय भएको सुपर-१२ अन्तर्गत समूह ए को खेल टस नभई रद्द भएपछि दुवै टोलीले १-१ अंक पाएका छन् । लगातार वर्षाका कारण मैदान भिजेकोले खेल हुन नसकेको हो ।

शुक्रबारै मेलवर्नमा तय भएको आयरल्याण्ड र अफगानिस्तानबीचको खेल पनि टस नभइ रद्द भएको थियो ।

खेल नभएपछि इंग्ल्याण्ड र अष्ट्रेलियाले ३ खेलपछि समान ३ अंक जोडेका छन् । दुवै टिम यसअघि एक खेल जितेका थिए भने एक  खेलमा पराजित भएका थिए ।

वर्षाका कारण लगातार खेल रद्द हुँदा सेमिफाइनल समीकरणमा पनि असर पर्ने देखिएको छ ।

समूह ए मा न्युजिल्याण्डको २ खेलबाट ३ अंक छ भने तीन खेल खेलिसकेका इंग्ल्याण्ड, आयरल्याण्ड र अष्ट्रेलियाको पनि समान ३ अंक छ र क्रमश: दोस्रो, तेस्रो र चौथो स्थानमा छ । श्रीलंका २ खेलबाट २ अंकसहित पाँचौं र ३ खेलबाट २ अंक रहेको अफगानिस्तान छैटौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?