+

२०औं एसियन गेम्सका लागि ३० खेलको नाम दर्ता

२०८२ असार  १७ गते १५:३० २०८२ असार १७ गते १५:३०
२०औं एसियन गेम्सका लागि ३० खेलको नाम दर्ता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल ओलम्पिक कमिटीले २०औं एसियन गेम्सका लागि ३० खेल दर्ता गरेको जानकारी दिएको छ।
  • दर्ता नभएका खेलहरूमा तेक्वान्दो र फुटबल समावेश छैनन् ।

१७ असार, काठमाडौं । २०औं एसियन गेम्सका लागि नेपालबाट ३० खेल दर्ता गरिएको छ । नेपाल ओलम्पिक कमिटीले मंगलबार पत्रकार सम्मेलन गर्दै अर्को वर्ष जापानमा हुने २०औं एसियन गेम्सका दागि ३० खेल दर्ता गरिएको जनाएको हो ।

एसियन गेम्सका लागि जुन ३० सम्म खेल नाम दर्ता गर्ने मिति समयसीमा थियो । समयसीमाभित्र ३० खेल संघले एसियन गेम्सका लागि नाम दर्ता गर्नका लागि पत्र पठाएकोले यति खेलको नामदर्ता भएको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिए ।

३० खेलको सूचीमा तेक्वान्दो र फुटबल भने समावेश छैनन् । ‘सम्बन्धित संघले खेल दर्ताका लागि नाम पठाएको खेलको नाम दर्ता गरिएको छ, नाम नआएको खेल दर्ता भएको छैन’ ओलम्पिक कमिटी अध्यक्ष जीवनराम श्रेष्ठले भने ।

‘दिइएको समयसीमाभित्र आएका खेलको सुनिश्चित हुने भयो । अहिले दर्ता नभएको खेलको विषयमा सरकारसँग पनि निरन्तर छलफल गर्छाैं र आग्रह गर्न सक्छाौं, निश्चित हुन्छ भन्ने छैन’ उनले थपे।

दर्ता गरिएका खेलहरूमा एथलेटिक्स, आर्चरी, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, ब्रेकिन एण्ड डान्स स्पोर्ट्स, बेसबल तथा साफ्टबल, र्याफ्टिङ तथा क्यानोइ, कुराश, क्रिकेट, साइकलिङ, ई–स्पोर्ट्स, गल्फ, हक्की, जुडो, कबड्डी, कराँते, मोडर्न पेन्टाथलन, रग्बी, स्केटबोर्ड तथा स्केटिङ, स्पोर्ट क्लाइम्बिङ, स्क्वाश, सफ्ट टेनिस, पौडी, टेनिस, टेबल टेनिस, भलिबल, वेटलिफ्टिङ, रेस्लिङ र उसु छन् ।

सरकारको तर्फबाट राष्ट्रिय खेलकुद परिषदले राष्ट्रिय गौरवको रुपमा ‘मिशन २०२६’ योजना सहित विभिन्न खेल विधाका खेलाडीहरुलाई तालिम सञ्चालन गरिरहेको छ ।

२०औं एसियन गेम्स नेपाल ओलम्पिक कमिटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय