+

रौनक बने सर्वाधिक व्यक्तिगत स्कोर बनाउने नेपाली खेलाडी

२०८२ असार  १७ गते १४:१८ २०८२ असार १७ गते १४:१८
रौनक बने सर्वाधिक व्यक्तिगत स्कोर बनाउने नेपाली खेलाडी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रौनक श्रीवास्तवले ५०-ओभर क्रिकेटमा १६८ रन बनाउँदै नेपाली खेलाडीको सर्वाधिक व्यक्तिगत स्कोर बनाएका छन्।
  • उनले भुटानसँगको खेलमा १३२ बलमा १६ चौका र ५ छक्कासहित उक्त कीर्तिमान स्थापित गरे।
  • नेपालले यसपछि मलेसियासँग सेमिफाइनल खेल्ने तयारी गरेको छ।

१७ असार, काठमाडौं । नेपाली यू-१६ क्रिकेट टोलीका ब्याटर रौनक श्रीवास्तवले ५० ओभरको खेलमा सबैभन्दा उच्च व्यक्तिगत स्कोर बनाउने नेपाली खेलाडीको कीर्तमान बनाएका छन् ।

रौनकले मंगलबार भएको भुटानसँगको खेलमा उक्त कीर्तिमान बनाएका हुन् । उनले १३२ बलमा १६ चौका र ५ छक्कासहित १६८ रन बनाएका थिए ।

नेपाली खेलाडीले ५०-ओभर (एकदिवसीय) क्रिकेटको कुनैपनि प्रतियोगितामा बनाएको यो सर्वाधिक व्यक्तिगत स्कोर हो ।

यसअघि सन् २०२३ अक्टोबरमा भएको एसीसी यू-१९ प्रिमियर कपमा अर्जुन कुमालले साउदी अरेबियाविरुद्ध १४३ रन बनाएका थिए ।

रौनकले यसअघि इन्डोनेसियासँगको खेलमा ८८ रन बनाउँदै शतकबाट १२ रनले चुकेका थिए । त्यस्तै जापानसँग ब्याटिङ नगरेका उनले सिंगापुरसँग ४० रन बनाएका थिए ।

नेपालमा गत महिना भएको यू-१६ राष्ट्रिय क्रिकेटमा लुम्बिनी प्रदेशबाट खेल्दै उनले गण्डकी प्रदेशविरुद्ध दोहोरो शतक पनि बनाएका थिए ।

रौनक श्रीवास्तवको शानदार शतकपछि बलरहरूको शानदार प्रदर्शनमा नेपालले समूह चरणको अन्तिम खेलमा भुटानमाथि फराकिलो जित निकालेको छ ।

नेपालले अब सेमिफाइनलमा मलेसियासँग खेल्ने छ ।

रौनक श्रीवास्तव
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय