News Summary
Generated by OK AI. Editorially reviewed.- सुर्खेतमा जारी यू-१६ राष्ट्रिय क्रिकेटमा लुम्बिनी प्रदेशका रौनक श्रीवास्तवले २१७ रनको कीर्तिमानी दोहोरो शतक प्रहार गरे।
- उनले गण्डकी प्रदेशविरुद्ध ११७ बलमा १६ चौका र १६ छक्कासहित रन बनाएका थिए।
- लुम्बिनीले ४५.४ ओभरमा ४०३ रनको उच्च योगफल बनाएको छ।
२० जेठ, काठमाडौं । सुर्खेतमा जारी यू-१६ राष्ट्रिय क्रिकेटमा लुम्बिनी प्रदेशका रौनक श्रीवास्तवले कीर्तिमानी दोहोरो शतक प्रहार गरेका छन् ।
गण्डकी प्रदेशविरुद्धको खेलमा रौनकले ११७ बलमा १६ चौका र १६ छक्कासहित २१७ रन बनाएका हुन् ।
लुम्बिनीले पनि ४५.४ ओभरमा अलआउट हुँदै ४०३ रनको कीर्तिमानी योगफल खडा गरेको छ । लक्ष्मण कुमालले ६० रन बनाए ।
नेपाली घरेलु क्रिकेटमा हालसम्म कसैले पनि दोहोरो शतक बनाएका छैनन् ।
त्यस्तै ५० ओभरको खेलमा बनेको ४०३ रनको योगफल पनि हालसम्मकै उच्च हो ।
प्रतिक्रिया 4