+
+

पीएसजीको पुनरागमन जितमा मेस्सी, नेयमार र एम्बाप्पेको गोल

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १३ गते ८:२०

१३ कात्तिक, काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ट्रोयसलाई शनिवार राति ४-३ ले पराजित गरेको छ ।

स्टार खेलाडी लिओनल मेस्सी, नेयमार र किलिएन एमबाप्पे तीनै जनाले गोल गरेपछि पीएसजीले रोमाञ्चक जित निकालेको हो । घरेलु मैदान पार्क डे प्रिन्समा भएको खेलमा शीर्ष स्थानको पीएसजीले दुई पटक पछि परेको अवस्थामा पुनरागमन गरेको हो ।

मेस्सी, नेयमार र एमबाप्पेले यस सिजन ४३ गोल गरिसकेका छन् ।

जितपछि पीएसजीले १३ खेलबाट ३५ अंक जोडेको छ । पीएसजीले दोस्रो स्थानको लेन्समाथि ५ अंकको अग्रता समेत बनाएको छ । लेन्सले शनिबार राति टोउलुसलाई ३-० ले हराएको थियो ।

मामा बाल्डेले दुई पटक ट्रोयसलाई अग्रता दिलाएका थिए । खेलको तेस्रो मिनटमै बाल्डेले गोल गरेका थिए । तर २४औं मिनेटमा पीएसजीका कार्लोस सोलरले नेमारको पासमा बराबरी गोल फर्काए ।

बाल्डेले नै ५२औं मिनेटमा दोस्रो गोल गर्दा ट्रोयसले फेरि अग्रता लियो । तर तीन मिनेटपछि नै सर्जियो रामोसको पासमा मेसीले पीएसजीका लागि बराबरी गोल गरे ।

६२औं मिनेटमा मेसीको पासमा नेमारले गोल गर्द पीएसलाई ३-२ को अग्रता दिलाए । ७७औं मिनेटमा प्राप्त पेनाल्टीमा एमबाप्पेले गोल गरेपछि पीएसजीले ४-२ को अग्रता बनायो ।

ट्रोयसका लागि एन्टे पालाभेर्ले ८८औं मिनेटमा गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?