+
+

विजय गच्छदारलाई टिकट दिएकाेमा ग्लानि छैन : जीवन परियार

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १३ गते १६:०५

१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले विजयकुमार गच्छदारलाई टिकट दिएकाेमा कुनै ग्लानि नरहेको बताएका छन् ।

नेकपा एमाले नेतृत्वको सरकारले प्रतिशोध साध्न मात्र गच्छदारमाथि भ्रष्टाचार मुद्दा लगाएको भन्दै परियारले अदालतले निर्दोष सावित गर्न सक्ने बताए ।

‘नेकपाको उन्मत्त सरकार थियो त्यतिबेला, नेकपाले नेपाली कांग्रेसका नेता छानीछानी राजनीतिक प्रतिशोध साध्ने किसिमले केही मान्छेलाई भ्रष्टाचार मुद्दा अगाडि बढाएको थियो’ सहमहामन्त्री परियारले भने ।

बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन भौतिक पूर्वाधारमन्त्री गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विशेष अदालतले गच्छदारलाई धरौटीमा छाडेको थियो ।

सहमहामन्त्री परियारले नेता गच्छदारले बालुवाटार जग्गा प्रकरणमा मन्त्रिपरिषदमा प्रस्ताव पेश मात्र गरेकाले निर्दोष रहेको दावी गरे ।

‘वास्तवमा भन्दा बालुवाटार काण्डमा उहाँले प्रस्ताव मात्र लैजानुभएको थियो । अख्तियारले मन्त्रीलाई मुद्दा चलाउने, क्याबिनेटका अरुलाई कुनै मुद्दा नचलाउने, यो खालको प्रतिशोधपूर्ण मुद्दा चलाएको कांग्रेस केन्द्रीय कार्यसमितिको ठहर पनि थियो’ उनले भने ।

गच्छदारमाथि विशेष अदालतमा मुद्दा विचाराधीन भए पनि दोषी प्रमाणित नभएको भन्दै सहमहामन्त्री परियारले उनलाई अदालतले निर्दोष ठहर गर्न सक्ने बताए ।

‘उहाँलाई मुद्दा चलेको मात्र हो, दोषी भइसकेको हैन । भोलि सर्वोच्च अदालतले वा विशेष अदालतले छुटकारा दिन पनि सक्छ’ उनले भने, ‘हाम्रो पार्टीको केन्द्रीय नेता विजय गच्छदारलाई हामीले टिकट दिएको छौं, सम्भवत: उहाँ विजयी भएर आउनुहुन्छ । हाम्रो पर्टीले विजयकुमार गच्छदारलाई टिकट दिएकाेमा कुनै ग्लानि छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?