 
																			१४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय शंकास्पद भएको बताएकी छन् ।
कार्की ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवार थिइन् । तर उनी बहाल रहेको नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य लाभको पद भएको ठहर गर्दै आयोगले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो ।
त्यसविरुद्ध रिट लिएर उनी सर्वोच्च अदालतमा पुगेकी छन् । रिट दर्ताअघि उनले भनिन्, ‘निर्वाचन अयोगको निर्णय शंकास्पद छ । कतै बाहिर शक्तिको प्रभाव परेको त होइन ?’
उनको पक्षबाट वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्य, सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी लगायतले मुद्दा लड्ने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4