+
+

चुनावपछि पनि गठबन्धन कायम रहन्छ भन्न सकिन्न : बेदुराम भुसाल

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १४ गते १४:३९

१४ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि पनि सत्तारुढ गठबन्धन कायम रहने ग्यारेन्टी गर्न नसक्ने बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रममा बोल्दै महासचिव भुसालले चुनावपछि यही गठबन्धन रहन्छ कि अर्को बन्छ अहिले नै भन्न नसकिने बताएका हुन् ।

उनले सत्तारुढ गठबन्धन निर्वाचनपछि पनि कायमै रह्यो भने आफूहरुले चुनावी घोषणापत्र त्यहीँ भित्र रहेर कार्यान्वयन गर्ने र नरहे बाहिर बसेर कार्यान्वयनका लागि पहल गर्ने धारणा राखे ।

‘यो निर्वाचनपछि यो गठबन्धन हुन्छ वा अर्को गठबन्धन हुन्छ । अहिले त्यो भन्न सक्ने वा भनिरहने विषय हो भन्ने मलाई लाग्दैन । यही गठबन्धन रह्यो भने यही गठबन्धनको सरकार बन्यो भने पनि हामी हाम्रा नीतिहरु कार्यान्वयनका निम्ति पहल गर्छौं । यो भन्दा अर्को बन्यो भने पनि हामी पहल गर्छौं’ उनले भने ।

महासचिव भुसालले भने, ‘गठबन्धन यही रहन्छ, यो गठबन्धनमा हामी पनि रहन्छौं भने हामीले हाम्रा नीति, कार्यक्रमहरु सरकारमै रहेर पहल गर्छौं । यदि यो रहेन भने अर्कैं परिस्थिति निर्माण भयो भने तदनुकुलनै हाम्रा कुराहरु लिएर अघि बढ्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?