+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

निर्वाचन आयोगको ‘भष्मासुरको कथा’ पनि विवादमा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १४ गते १८:४५

१४ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन शिक्षा र चुनावको प्रचारका लागि बनाएको अर्को श्रव्य दृश्य सामग्री पनि विवादमा परेको छ ।

आयोगले आफ्नो ट्वीटरबाट सार्वजनिक गरेको हिन्दू धर्मशास्त्रमा आधारित महादेवले भष्मासुरलाई दिएको वरदान सम्बन्धी विषयलाई समावेश गरिएको श्रव्यदृश्य सामग्री अन्तर्राष्ट्रिय सर्ट फिल्म कम्पिटिसन ‘माइ रोड रिल’मा सहभागी भइसकेको हिन्दी भाषाको श्रव्यदृश्य सामग्रीसँग हुबहु मिलेको छ ।

पर्मिला मिडिया आर्टसले बनाएको उक्त भिडियो सामग्रीमा भनिएको कथा र त्यसले दिने सन्देशमात्र होइन, प्रस्तुतिसमेत आयोगको प्रचार सामग्रीमा हुबहु मिलेको हो ।

सञ्चारकर्मी तथा सञ्चार उद्यमी दिनेश डिसी देखिएको आयोगको भिडियोमा उनकै आवाज छ र महादेव, भष्मासुर र मोहिनीको कार्टुन चित्र समावेश गरिएको छ ।

आयोगले यसअघि तयार पारेको निर्वाचन सम्बन्धी गीत पनि विवादमा परेको थियो । त्यसपछि आयोगले त्यो गीत आफ्नो सामाजिक सञ्जालबाट हटाएको थियो ।

आयोगले तयार पारेको सामग्री हेर्नुहोस् :

पर्मिला मिडिया आर्टसले बनाएको सामग्री हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?