+
+

शिक्षा मन्त्रालयको लिफ्टमा ६ जना थुनिएपछि…

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १५ गते १८:२६

१५ कात्तिक, काठमाडौं । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको लिफ्ट बिग्रिदा ६ जना करिब एक घण्टा थुनिएका छन् ।

कामको सिलसिलामा मन्त्रालय पुगेका २ जना स्वीडेनका र ४ जना नेपाली नागरिकको करिब एक घन्टापछि उद्धार गरिएको विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार लिफ्टमा अड्किएकाहरुलाई नेपाली सेना र नेपाल पुलिसका प्राविधिकहरुले उद्धार गरेका थिए । मन्त्रालयका प्रवक्ता दीपक शर्माले प्राविधिक समस्याको कारण ६ जना लिफ्टभित्रै अड्किएको बताए ।

उनले भने, ‘प्राविधिक गडबडीले लिफ्ट अड्कन पुग्दा ६ जनाभित्रै थुनिनुभएकालाई नेपाल आर्मी र नेपाल पुलिसको प्राविधिकको सहयोगमा उद्धार गरिएको भन्ने छ । म त्यहाँ नभएकोले कति समय हो यकिन थाह भएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?