+
+

पाँचथरको प्रदेश सभा-१ मा पूर्व सहकर्मीबीचको भिडन्त

दीपक बोहोरा दीपक बोहोरा
२०७९ कात्तिक १६ गते ७:३५

१६ कात्तिक, पाँचथर । प्रदेश सभामा दुई निर्वाचन क्षेत्र रहेको पाँचथरको प्रदेश सभा १ मा दुई पूर्व सहकर्मी मुख्य प्रतिस्पर्धी छन् । उनीहरु हुन् नेकपा एमालेका राजकुमार भण्डारी र गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगु ।

१० जना उम्मेदवार चुनावी मैदानमा रहे पनि मुख्यप्रतिस्पर्धा यिनै पूर्व सहकर्मीबीच हुने देखिन्छ । रोचक यो पनि छ कि भण्डारी र जबेगुको प्रतिस्पर्धा पहिला नेकपा एमालेमा पनि हुने गरेको थियो ।

यी दुईबीच २०७१ सालमा पहिलो पटक पार्टीमा प्रतिस्पर्धा भएको थियो । एमाले पाँचथरको सातौं अधिवेशनमा भण्डारी र जबेगु जिल्ला अध्यक्षको लागि लडेका थिए । त्यतिबेला जबेगुलाई सात मतले पछि पार्दै भण्डारीले एमाले पाँचथरको नेतृत्व गरे ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट भण्डारी र माधवकुमार नेपाल निकट जबेगु फरक फरक गुटमा रहे पनि विगतका चुनावमा पार्टीलाई जिताउने अभियानमा सँगै हुन्थे ।

तर अहिले जबेगु र भण्डारी अहिले फरक पार्टीमा समान राजनैतिक हैसियतका साथ चुनावी मैदानमा प्रतिस्पर्धी भएका हुन् । एमालेका तर्फबाट उम्म्ोदवार बनेका भण्डारी जिल्लामा रहेका संगठनको आडलेनै चुनाव जित्ने दाबी गर्छन् ।

सबै जनताहरु गठबन्धको बिरोधमा रहेको र गठबन्धले सोचे जस्तो मत नपाउने दाबी उनको छ । गठबन्धनमा असन्तुष्टहरुले आफूलाई भोट दिनसक्ने भण्डारीको अनुमान छ ।

गठबन्धनकै दल कांग्रेसका नेता सञ्चकुमार केरुङले स्वतन्त्र उम्मेदवारी दिएकाले त्यसको फाइदा आफूले पाउनमो भण्डारी ढुक्क छन् । सञ्चकुमार फालेलुङ गाउँपालिकाका निर्वतमान अध्यक्ष हुन् ।

तर जबेगु कांग्रेसको समर्थन आफूलाई रहेकोले सञ्चकुमारको उम्मेदवारीले केही फरक नपर्ने भन्दै गठबन्धनको आडमा चुनाब जित्ने विश्वासमा छन् । ‘गठबन्धनको साथमा सबैले इमान्दारिताका साथ सहयोग गर्ने र यसपटक चुनाव जित्नेमा म ढुक्क छु,’ जबेगु भन्छन् ।

स्थानीय तहको चुनावमा गठबन्धनका उम्मेदवारले पाएको मतलाई नै आधार मान्दा पनि गठबन्धनमा कुनै समस्या नरहेको जबेगुको दावी छ । स्थानीय तहको चुनावमा पाँचथरका सबै वडामा एकीकृत समाजवादीले २ हजार १६१ मत मात्र पाएको थियो । तर कांग्रेस र माओवादीको समेत मत जोड्दा भने यहाँ एमाले पछि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?