+
+

तीन दिनमै ८० अंकले बढ्यो नेप्से, कारोबार डेढ अर्ब नजिक

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १६ गते १५:३४

१६ कात्तिक, काठमाडौं । एक साताको तिहार र छठ बिदापछि सोमबारदेखि खुलेको सेयर बजार लगातार तेस्रो दिन पनि बढेको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से ७.३२ अंक (०.३८ प्रतिशत) ले वृद्धि भएर १९३८.३० अंकमा बन्द भएको छ । पछिल्लो तीन दिनमा नेप्से ७९.८१ अंकले बढेको हो ।

सोमबार १६ अंकले बढेको नेप्से मंगलबार ५६ अंकको उच्च वृद्धि भएको थियो । लगातार दुई दिन बढेको बजारमा लगानीकर्ताले नाफा बुक गर्न खोज्दा बुधबार उताचढाव देखिए पनि अन्तिममा नेप्से सँगै कारोबार रकम पनि बढेर बन्द भएको छ ।

बुधबार बैंकिङ व्यापार र निर्जीवन बीमा बाहेकका सबै उपसूचक बढेका छन् । बैंकिङ उपसूचक ०.१९ प्रतिशत र व्यापार उपसूचक १.२३ प्रतिशतले गिरावट भएको छ । सोमबार र मंगलबार सेयर मूल्य बढेका बैंकमा बुधबार लगानीतकर्ताको नाफा बुक गर्न खोज्दा ‘सेलिङ प्रेसर’ले बैंकहरुको सेयरमूल्यमा करेक्सन आएको छ ।

मंगलबार ३१ भदौ यता १ अर्ब नाघेको कारोबार रकम बुधबार बढेर करिब डेढ अर्ब पुगेको छ । बुधबार नेप्सेमा ४३ लाख ७६ हजार ७०८ कित्ता सेयर कारोबार हुँदा १ अर्ब ४६ करोड ७९ लाख १५ हजारको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको ७ करोड ८५ लाख ६० हजारको कारोबार हुँदा नबिल बैंकको ५ करोड ६६ लाख १८ हजार र रिडी हाइड्रोपावरको ५ करोड १९ लाख ९६ हजारको कारोबार भएको छ ।

बुधबार नेप्सेमा कुल १८५ कम्पनीको सेयर कारोबार भएकोमा १२४ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ५६ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा ५ कम्पनीको स्थिर छ । जसमध्ये कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक ८.७४ प्रतिशतले वृद्धि हुँदा, कर्णाली डेभलपमेन्ट बैंकको ८.११ प्रतिशत र जोशी हाइड्रोपवारको ५.९७ प्रतिशतले वृद्धि भएको छ ।

यता सबैको लघुवित्तको सेयर मूल्य सर्वाधिक ३.९६ प्रतिशतले गिरावट हुँदा महुली लघुवित्तको सेयरमूल्य ३.५ प्रतिशत र माउन्टेन हाइड्रोको सेयर मूल्य २.४५ प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?