+
+

टी-२० विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी बने कोहली

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १६ गते १६:३५

१६ कात्तिक, काठमाडौं । भारतीय क्रिकेटर विराट कोहली टी-२० विश्वकप इतिहासमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् ।

अष्ट्रेलियामा भइरहेको आईसीसी टी-२० विश्वकप अन्तर्गत बुधबार बंगलादेशविरुद्ध अविजित ६५ रन बनाएका कोहलीले सन् २०१४ देखि श्रीलंकन क्रिकेटर माहेला जयबर्दनेको नाममा रहेको एक हजार १६ रनको कीर्तिमान तोडेका हुन् ।

बंगलादेशसँग खेल्नुअघि विराटले एक हजार १ रन बनाएका थिए । उनले १६ रन बनाएपछि जयबर्दनेलाई पछि पारेका हुन् । सातौं ओभरको पाँचौ बलमा तस्किन अहमदको बलमा एक रन लिएपछि टी-२० विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी बने ।

कोहलीले टी-२० विश्वकपमा २५ खेल खेल्दै १ हजार ६५ रन बनाएका छन् ।

सन् २०१२ देखि टी-२० विश्वकप खेल्न थालेका कोहलीले २३ इनिङ्समा ब्याटिङ गर्दै सर्वाधिक रन बनाउने खेलाडी बने । उनले यसक्रममा १३ अर्धशतक पूरा गरेका छन् ।

कोहलीले सन् २०१२ मा पहिलो पटक टी-२० विश्वकप खेल्दा प्रतियोगिताभर १८५ रन बनाएका थिए भने २०१४ मा ३१९ रन बनाउँदै सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए । सन् २०१६ मा उनले २७३ रन प्रहार गरेका थिए । २०१४ र २०१६ मा कोहलीले वश्विकपकै सर्वोत्कृष्ट खेलाडीसमेत बनेका थिए ।

उनी टी-२० विश्वकपमा ६ पटक म्यान अफ दि म्याच समेत बनेका छन् ।

अष्ट्रेलियामा टी-२० विश्वकपअघि कोहलीले ८४५ रन बनाएका थिए । जारी विश्वकपमा उनले पाकिस्तान र नेदरल्याण्ड्स विरुद्ध अविजित रहँदै अर्धशतक प्रहार गरेका थिए । दक्षिण अफ्रिका विरुद्ध भने उनी १२ रनमै आउट भएका थिए ।

कोहली टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी समेत हुन् । उनले ३ हजार ९३२ रन बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?