+
+

शाहरुख खानलाई महिलाहरु किन गर्छन् यति धेरै प्रेम ?

अर्पणा अल्लुरी अर्पणा अल्लुरी
२०७९ कात्तिक १६ गते १७:०६

जब मैले मेरा केही साथीहरूलाई यो प्रश्न सोधें, तिनीहरू छक्क परे । यस्ता प्रश्न शाहरुखलाई पनि सोध्न सकिन्छ, उनले कहिल्यै सोचेका थिएनन् । मैले पनि यस्तो प्रश्न कहिल्यै सोचेको थिइनँ । तर नयाँ पुस्तक ‘डेस्पेरेट्ली सिकिंग शाहरुख’ले मलाई यो प्रश्नको बारेमा सोच्न बाध्य तुल्याएको छ ।

मेरा साथीहरु शाहरुख क्युट देखिने बताउँछन् । नायकको रूपमा उनी यस्तो देखिन्छन् जोसँग आफैं जोडिन सक्नुहुन्छ । जस्तो देखिन्छ जससँग तपाईं आफैंलाई जोड्न सक्नुहुन्छ । उनी मजाक गर्न रुचाउँछन् । अन्तर्वार्तामा स्पष्टसँग बोल्छन् । नाम र पैसा कमाउन आफूले अभिनय यात्रा थालेकोबारे खुलस्त छन् । झुटो विनम्रता देखाउँदैनन् ।

जब मैले केही गहिरा प्रश्नहरू उनलाई सोधें, उनले फिल्ममा आफूले गरेका फरक भूमिकाको बारेमा गम्भीरतापूर्वक सोच्न थाले । आफूले कहिल्यै साँचो भूमिकामा अभिनय गर्ने मौका नपाएको उनको जवाफ थियो । उसको जवाफ थियो कि उनले कहिल्यै ‘साँचो’ भूमिका खेलेनन् । उनी सधैं एक संवेदनशील नायकको भूमिकामा देखिए र आफूले प्रेम गरेको दाबी गर्ने महिलाहरूको प्रेममा पूर्ण रूपमा डुबे ।

मेरो एक साथीले भनिन् कि हामीले उनलाई महिलाप्रतिको प्रेमको कारण मन पराउँछौं । उनको यो अनुभूतिले मलाई छक्कै तुल्यायो ।

जब लेखिका शरण्य भट्टाचार्यले शाहरुखका दर्जनौं महिला फ्यानलाई यी प्रश्न सोधेकी थिइन्, उनले पनि यस्तै जवाफ पाइन् । तर शाहरुखका महिला फ्यानहरूको संसारले वास्तवमा आर्थिक असमानताको कथा सुनाउनु अचम्मको कुरा थियो ।

सहयोगी शाहरुख

शरण्यले लेखेकी छिन्, ‘उनी कहिले र कसरी शाहरुख खानमाथि रुचि देखाउन थालेकी थिइन् । उनले यो पनि बताइरहेकी थिइनँ कि संसारले उनको मन कहिले, कसरी र किन तोड्यो ? यी कथामा संसार सपना, चिन्ता र रोमान्टिक प्राथमिकताले भरिएको थियो, जुन सधैं शाहरुखको फिल्ममा राखिएको थियो ।’

विगत दुई दशकमा यी दुई अवस्थाका बीचमा अविवाहित, विवाहित र महिला सबैसँगको भेटघाट, कुराकानी र मित्रताका क्रममा यी जवाफहरू लेखकका अगाडि आएका छन् । जसमा हिन्दू महिला पनि छन् । मुस्लिम र ईसाई पनि । जसमध्ये ती कामदार महिला छन्, जसले समय अगावै हार मानिसकेका छन् र अझै बेचैन छन् । तर एउटा कुराले सबैलाई जोड्छ । यी सबै महिला शाहरुखका फ्यान हुन् ।

शाहरुख सन् १९९० को दशकमा हाम्रो संसारमा आएका थिए । कोकाकोला, केबल टीभी त्यो युगमा नयाँ युगको प्रमाण हुन्थ्यो । यो त्यो अवधि थियो जब एकपछि अर्को धेरै आर्थिक सुधारले भारतलाई नयाँ संसारमा पुर्‍याएको थियो । यो संसार आर्थिक उदारीकरणको थियो ।

शरण्य भन्छिन्, ‘म उदारीकरणपछिको युगमा महिलाको कथा सुनाउन चाहन्थें र यो प्रयासमा मैले शाहरुखलाई एक अद्वितीय सहयोगीको रूपमा देखें ।’ उनले यो कथा सुनाउने तरिका पनि बताइन् ।

सन् २००६ मा उनले पश्चिम भारतको सुकुम्बासी बस्तीमा अगरबत्ती बनाउने महिलाबीच सर्वेक्षण गरिरहेकी थिइन् । अध्ययनमा उनले ती महिलाले आफ्नो ज्यालाको प्रश्नले दिक्क लाग्ने गरेको पाएको समेत बताइन् ।

त्यसैले बिदाको समयमा उनले परिचय बढाउन उनीहरूसँग कुरा गर्न थालिन् । तर मजदुरीभन्दा उनीहरुलाई हिन्दी फिल्मको कुन नायक सबैभन्दा बढी प्रिय लाग्छ भनेर सोध्ने गरिन्थ्यो ।

शरण्य भन्छिन्, ‘उनी आफूलाई सबैभन्दा खुसी भएको कुराको बारेमा कुरा गर्न निकै उत्सुक थिइन् ।’

यो प्रश्न दुविधा तोड्न काममा आयो । शरण्यलाई थाहा छ कि शाहरुखले यी महिलालाई मात्र जोड्दैनन्, बरु ज्याला र गृहजीवनको संघर्षले पनि उनीहरूलाई जोड्छ ।

सबै जना शाहरुखप्रति पागल थिए । मध्यमवर्गीय महिलादेखि धनी महिलासँगको कुराकानीमा एउटा चाहना प्रष्ट देखिन्थ्यो । त्यो थियो कि हाम्रा अधिकांश केटा र पुरुषहरू हामीले पर्दामा देख्ने गरेको शाहरुख खान जस्तो हुन किन हुन सक्दैनन् ?’

शरण्य भन्छिन्, ‘वास्तवमा महिलाले शाहरुखलाई बनाइरहेका छन्– ती सबै महिलाहरूले उनलाई बनाइरहेका छन् । यो बनावट स्वयं महिलाको वास्तविकता र आकांक्षामा आधारित छ ।’

नायिकाप्रतिको शाहरुखको प्रेमले महिलाको हेरचाह गर्ने पुरुषले वास्तवमा उनीहरुको कुरा राम्ररी सुन्छ भन्ने देखाउँछ ।

महिलाको लागि आदर्श साथी

शाहरुखका केही फिल्म चरित्रको अलग पहिचान छ । जसमा नायक आफ्नो भाग्यलाई लिएर चिन्तित देखिन्छन् । उनको भूमिकाको यो विशेषताले उनलाई महिलाको एक आदर्श पार्टनर बनायो, किनभने ती महिलामध्ये सायद नै उनको हातमा भाग्य थियो ।

पर्दामा शाहरुखले खेलेको चरित्रमा उनको कमजोरी प्रष्ट देखिन्थ्यो । तिनीहरू प्रायः रोनाधोनाको भूमिका हुने गर्थे । हिरो नै रोनाधोना चरित्रमा देखिनु बलिउडमा एउटा दुर्लभ दृश्य समेत हो । यसको मतलब शाहरुखले आफ्नो भावनालाई पर्दामा लुकाएनन् र नायिकाको भावनाप्रति उदासीन देखिएनन् ।

एक युवा मुस्लिम कपडा कामदार भन्छिन्, ‘यदि मलाई मेरो श्रीमानले शाहरुखले जसरी ‘कभी खुसी कभी गम’मा काजोललाई छुने वा स्पर्श गरे कस्तो हुन्थ्यो । तर मलाई थाहा थियो कि यो कहिले हुने छैन । मेरो श्रीमानको हात र मुड यति रुखो थियो कि यस्तो आशा गर्नु नै बेइमानी हुन्थ्यो ।’

आफ्नो विवाहबाट दुःखी भएकी एक पूर्वराजपरिवारकी महिलाले भनिन् कि उनी आफ्नो छोरा ‘असल मानिस’ बनोस् भन्ने चाहन्छिन् । एक पुरुष जो रुन सक्छ र जोसँग पत्नीले प्रेम र सुरक्षा महसुस गर्न सक्छन् । यही अनुभूति शाहरुख खानले पर्दामा आफ्ना नायिकालाई दिन्छन् ।

शाहरुखका लागि पागल भएका यी महिला उनको हरेक भूमिका स्विकारेर बसिरहेका छन् भन्ने होइन । तर उनीहरुले महिलालाई पछ्याउने वा उनीहरूविरुद्ध हिंसा गर्ने भूमिकालाई अस्वीकार गर्छन् ।

यी महिलाले पर्दामा शाहरुखको भूमिकाको ग्ल्यामर वा ड्रामाको आनन्द लिन सक्छन्, तर यी कुरा उनीहरूको दिमागमा धेरै समय टिक्दैनन् । उसको दिमागमा ती कुराहरू रहिरहन्छ, जुन सानो देखिन्छ वा प्रायः फिल्ममा लुकेको हुन्छ ।

‘दिलवाले दुल्हनियाले जायेंगे’ शाहरुखको सबैभन्दा ठूलो हिट र सम्भवतः बलिउडको सबैभन्दा मनपर्ने रोमान्टिक फिल्म हो । तर शाहरुखको फ्यानकी आमाले के भनेकी छन्, त्यसमा मैले खासै ध्यान दिएको थिइनँ । उनले भने, ‘पहिलो पटक पर्दामा मैले एउटा नायक देखें, जो घरका महिलाहरुसँग गाँजर छिल्दै भान्सामा यति धेरै समय बिताउँछन् ।

यो उनको लागि एक अद्भूत रोमान्टिक दृश्य थियो । शाहरुखका फ्यान यी महिलाहरूले कामुकता वा यौन आकर्षणको बारेमा कुरा गरेनन् भन्ने होइन । तर उसले त्यो भन्दा धेरै काम गर्‍यो ।

बीबीसी हिन्दीबाट विष्णु शर्माले गरेको भावानुवाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?