
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाललाई अन्तर्राष्ट्रिय फिल्म निर्माण केन्द्रको रुपमा स्थापित गर्ने घोषणा गरेको छ । विहीबार काठमाडौंमा सार्वजनिक गरिएको चुनावी ‘वाचापत्र’मा उक्त पार्टीले यस्तो घोषणा गरेको हो ।
‘नेपाललाई अन्तर्राष्ट्रिय फिल्म निर्माण केन्द्रको रुपमा स्थापित गर्न सरकारी दर्ता सेवामा शून्य शुल्कको प्रावधान राखेर प्रक्रियालाई एकद्वार प्रणालीमा ल्याइनेछ,’ वाचापत्रमा उल्लेख छ ।
सातै प्रदेशमा सांस्कृतिक केन्द्रहरुमा स्थापना गरी नयाँ पुस्तालाई त्यसको महत्व र संरक्षणमा सहभागी हुन प्रोत्साहित गर्ने समेत उल्लेख छ ।
यसअघि प्रमुख दलहरु कांग्रेस, एमाले र माओवादी केन्द्रले पनि कला, साहित्य, संस्कृति, संगीत र फिल्मलाई पनि चुनावी घोषणापत्रमा समेटेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4