+
+

बार्सिलोनाका डिफेण्डर जेरार्ड पिकेद्वारा सन्यास घोषणा, शनिबार बार्सिलोनाका लागि अन्तिम खेल खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १८ गते ७:०८

१८ कात्तिक, काठमाडौं । बार्सिलोनाका डिफेण्डर जेरार्ड पिकेले क्याटलान क्लबका लागि शनिवार अन्तिम खेल खेल्ने भएका छन् ।

उनले शनिबार घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनाका लागि अन्तिम खेल खेल्दै बिदा हुने जनाएका छन् । पिकेको अन्तिम खेलमा बार्सिलोनाले ला लिगा अन्तर्गत अल्मेरियासँग खेल्नेछ ।

पिकेले बार्सिलोना छाड्ने घोषणासँगै तत्काल लागु हुने गरी सन्यास घोषणा गरेका हुन् । उनले बिहीबार भावुक भिडियो पोष्ट गर्दै आफू सधैँ बार्सिलोनाको समर्थक हुने जनाएका छन् ।

‘मैले सधैँ भन्दै आएको छु कि बार्सा बाहेक त्यहाँ अर्को कुनै टिम हुने छैन र अब पनि त्यही हुनेछ । आउने शनिबार क्याम्प नोउमा मेरो अन्तिम खेल हुनेछ,’ उनले सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै भनेका छन् ।

पिकेले बार्सिलोनासँगको सम्झौता तोड्दै तलब समेत छाड्ने भएका छन् ।

३५ वर्षीय पिकेले सन् २०१८ मै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए भने क्लब फुटबललाई निरन्तरता दिएका थिए ।

बार्सिलोनाका लागि उनले ला लिगा, च्याम्पियन्स लिग, कोपा डेल रे, स्पानिस सुपर कप, युइएफए सुपर कप र क्लब विश्वकपको उपाधि जितेका छन् ।

१८ वर्षे खेलाडी करियरमा उनले ३५ उपाधि जितेका छन् ।

पिकेले पछिल्लो डेढ दशक विश्वकप फुटबलमा सुपर स्टारका रुपमा रहेका क्रिस्टियानो रोनाल्डो र लिओनल मेसी दुवैसँग क्लब फुटबलमा खेलेका थिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?