+
+
फ्राइडे रिलिज :

हलमा एक्सन फिल्म ‘लाखे’ र हरर-कमेडी ‘फोन भूत’

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १८ गते ११:००

काठमाडौं । ‘महापुरुष’को दबदबा कायमै रहँदा आज (शुक्रबार)देखि नेपालमा दुई फिल्म प्रदर्शनमा आएका छन् । नेपालको ‘लाखे’ र बलिउड फिल्म ‘फोन भूत’ रिलिज भएका हुन् । सम्राट बस्नेत निर्देशित ‘लाखे’ एक्सन र थ्रिलर ड्रामा हो । २ घण्टा ५१ मिनेट लामो फिल्मले समीर महर्जन नामक एक काल्पनिक पात्रको कथा पेस गर्छ ।

लाखे परिवारमा जन्मिएका हुन्छन् महर्जन । उनी लाखेलाई इन्द्र र समुदायको रक्षक मान्छन् । आफ्नो मालिकको फन्दामा पर्दा उनको व्यावसायिक र पारिवारिक जीवन बर्बाद हुन्छ । त्यसपछि उसले मालिकविरुद्ध बदला लिने योजना बुन्छ । यो विश्वास, आत्मविश्वास र बदलाको कथा हो ।

सौगात मल्ल, अर्पण थापा, आर्यन अधिकारी, अनुपविक्रम शाही, वर्षा राउतको प्रमुख भूमिका रहेको फिल्म एक्सन फिल्म रुचाउने दर्शकलाई प्रिय हुनसक्छ ।

कट्रिना कैफ, ईशान खट्टर, सिद्धान्त चतुर्वेदी र ज्याकी श्राफ स्टारर बलिउड फिल्म ‘फोन भूत’ पनि शुक्रबारै रिलिज भएको छ । हरर तथा कमेडी फिल्म मिश्रण भएको यो फिल्मको लम्बाइ २ घण्टा १८ मिनेट छ । गुरमित सिंहले फिल्म निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?