+
+

मिस वर्ल्ड जितेको २२ वर्षपछि प्रियंकाको उपाधि विवादमा, फिक्सिङको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १८ गते १२:५४

काठमाडौं । बलिउडकी देशीगर्लदेखि लिएर ग्लोबल स्टार बन्ने बिन्दुसम्म पुग्दा अभिनेत्री प्रियंका चोपडाले लामो यात्रा तय गरेकी छन् । उनी सन् २००० मा विश्व सुन्दरी समेत घोषित भइन् । तर मिस वर्ल्ड उपाधि जितेको २२ वर्षपछि पनि प्रियंका विवादमा तानिएकी छन् । उनको जितमा गम्भीर आरोप लगाइएको छ ।

यो आरोप पूर्वमिस बार्बाडोस लीलानी म्याक्कनेनले लगाएकी हुन् । उनले पनि प्रियंकासँगै मिस वल्र्डमा प्रतिस्पर्धा गरेकी थिइन् । उनले प्रियंका जितलाई मिलेमतो (फिक्स) भएको बताएर सनसनी मच्चाएकी छन् ।

साथै उनले प्रतियोगिताको दौरान प्रियंकालाई विशेष ट्रिटमेन्ट दिएको भन्दै उनले बताएकी समेत छन् ।

वास्तवमा लीलानी म्याक्केन एक युट्युबर समेत हुन् । एक भिडियो सन्देश जारी गर्दै उनले २२ वर्षपछि यो खुलासा गरेकी हुन् । उनी यति समयपछि किन बोलिन् ?

किनभने यतिबेला मिस अमेरिकामा एक प्रतिस्पर्धीलाई लिएर विवाद उठेको छ । यसबीच सौन्दर्य प्रतियोगितामा मिलेमतो हुने चर्चा पनि चल्यो । साथै, उनले यो पनि भनिन् कि गत वर्ष पनि मिस इन्डियाको विजय भयो र त्यो बेला पनि एक इन्डियन केबुल स्टेसन स्पोन्सर थियो ।

उनले प्रियंकाबारे अघि भनिन्, ‘उनी एकलौटी यस्तो प्रतिस्पर्धी थिइन् जसलाई सारोंग (कम्मरमा बाँधिने स्कार्फजस्तै एक लुगा) लगाउन अनुमति थियो । स्कीन टोनलाई सही गर्न कुनै क्रिम लगाएको र सोही कारण सारोंग बाँधेको जवाफ उनले दिएकी थिइन् । यसकारण उनले स्वीमसुट राउण्डमा सारोंग लगाएकी थिइन् ।’

प्रतिस्पर्धाको दौरान कसैले पनि प्रियंकालाई नरुचाउने गरेको पनि उनले बताएकी छन् । उनलाई लिएर संस्थाले बाँकी प्रतिस्पर्धीसँग भेदभाव गर्ने गरेको आरोप पनि छ ।

सबै प्रतिस्पर्धीलाई एकै ठाउँमा खाना आउने गरे पनि प्रियंकालाई बेडमै खाना पुग्ने गरेको पनि उनले खुलाएकी छन् । जितभन्दा पहिला प्रियंकालाई समुन्द्री तटमा फोटोसुट गरिएको थियो भने बाँकी सुन्दरीलाई छेउमा उभ्याइएको थियो ।

 लीलानीले यो पनि आरोप लगाइन् कि ड्रेस डिजाइनरले प्रियंकालाई फिट हुने ड्रेस डिजाइन गरिन् भने बाँकी प्रतिस्पर्धीको ड्रेस फिट थिएन । उक्त आरोपपछि लीलानीको भिडियो भाइरल बनिरहेको छ ।

प्रियंका भने तीन वर्षपछि यतिबेला मुम्बई फर्किएकी छन् । त्यहाँ एक्लै पुगेकी उनी विभिन्न कार्यक्रममा सहभागी भइरहेकी छन् । केही हलिउड फिल्ममा उनी आउँदैछिन् । फरहान अख्तरको फिल्म ‘जी ले जरा’मा पनि उनी देखिंदैछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?