
१८ कात्तिक, काठमाडौं । त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।
समूह एको आर्मीले त्यसक्रममा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिमलाई १६९ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
आर्मीले दिएको २८३ रनको विजयी लक्ष्य पछ्याएको सुदुर २९.४ ओभरमा ११३ रनमा आउट भयो । सुदूरका लागि बसन्त खत्रीले सर्वाधिक २५ रन बनाए । उनले ३७ बलमा २ चौका र १ छक्का प्रहार गरे ।
ओपनर ब्याटर गजेन्द्र बोहोराले सर्वाधिक १७ रन बनाए । टेक रावलले १५ रन बनाए । २३ बलमा उनले १ चौका प्रहार गरे । मिलन बोहोरा १२ रन बनाए । नारायण जोशी १९ रनमा क्याच भए ।
४२ बलमा १ चौका प्रहार गरे आर्मीका लागि जितेन्द्र मुखियाले सर्वाधिक ३ विकेट लिए । विक्रम सोब र साहब आलमले समान २ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ८ विकेट गुमाएर २८२ रन बनाएको थियो । आर्मीका ओपनर ब्याटर अर्जुन साउदले सर्वाधिक ७३ रनको अर्धशतकीय प्रहार गरे । उनले ७३ बल खेल्दै ६ चौका र २ चौका पहार गरे ।
यस्तै चौथो क्रमका ब्याटर रोहित पौडेलले ५३ बल खेल्दै ५२ रन बनाए । उनले ४ चौका प्रहार गरे ।
अर्का ब्याटर कुशल मल्लले ४३ रन बनाउँदै मिलन बोहोराको हातबाट क्याच भए । भीम सार्कीले ३४ रन बनाए । उनले ६२ बल खेले ।
कप्तान विनोद भण्डारीले ३८ बलमा २८ रन बनाए ।
सोनु तामाङ १६ रनमा क्याच आउट भए । विक्रम सोब १५ रनमा अविजित रहे । अर्का ओपनर ब्याटर हरि चौहान ९ रनमा क्याच भए ।
सुदूरका लागि हेमन्त धामी, नारायण जोशी र गजेन्द्र बोहोराले समान २ विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4