+
+

घरको छतबाट खसेर २ वर्षीया बालिकाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १८ गते २०:०६

१८ कात्तिक, वीरगञ्ज । वीरगञ्जमा घरको छतबाट खसेर एक बालिकाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नं. १ छपकैया बस्ने मुकेश ठाकुरको छोरी २ वर्षीया सजना ठाकुरको मृत्यु भएको हो ।

बिहान साढे ११ बजे सजना छतको बाल्कोनीमा खेलिरहेकी थिइन् । सोही क्रममा अनियन्त्रीत भई अचानक जमिनमा खसेर टाउकोमा चोट लागेर गम्भिर घाईते भएकी थिईन् । उनलाई उपचारको लागी नारायणी अस्पताल वीरगञ्जमा लगिएको थियो ।

नारायणी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि एल.एस.न्युरो अस्पताल वीरगञ्जमा पठाइएको थियो । उपचारको क्रममा साँझ ५ बजे सजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

बालिकाको शव पोष्ट मार्टमको लागि नारायणी अस्पताल वीरगञ्जमा पठाईएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?