+
+

लम्जुङमा दुईवटा जुवाखालबाट ३८ जना पक्राउ 

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १९ गते १६:५३

१९ कात्तिक, गोरखा । लम्जुङमा प्रहरीले एकै रात ३८ जुवाडे पक्राउ गरेको छ । जिल्लाका दुई ठाउँबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लम्जुङले जनाएको छ ।

बेसीशहर नगरपालिका–११ चिती तिनपिप्लेका गणेशप्रसाद श्रेष्ठको घरमा कौडा खेलिरहेका २५ जनालाई शुक्रवार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लम्जुङका प्रमुख डीएसपी प्रकाश सिर्मलले बताए । उनीहरुको साथबाट १ लाख २१ हजार रुपैयाँ र १६ थान कौडा बरामद गरिएको उनले जानकारी दिए । पक्राउ पर्नेहरु सबै बेसिशहर नगरपालिका वडा नम्बर ११ का रहेका छन् ।

त्यस्तै सुन्दरबजार नगरपालिका–१ कुन्छा स्थित रामबहादुर दुराको घरमा कौडा खेलिरहेका १३ जनालाई पनि प्रहरीले सोही रात पक्राउ गरेको छ । राती एक बजेको समयमा उनीहरुलाइ पक्राउ गरिएको डीएसपी सिर्मलले बताए ।

उनीहरुको साथबाट १ लाख ६० हजार नगद र १६ थान कौडा बरामद गरिएको छ । पक्राउ पर्ने अधिकांश सोही ठाउँका स्थानीय रहेका छन् । पक्राउ परेका सबैलाई जुवा कौडा कसुर अन्तर्गत मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?