+
+

प्रधानमन्त्री कप क्रिकेटमा मधेसको दोस्रो जित, लुम्बिनी पराजित

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १९ गते १७:५७

१९ कार्तिक, काठमाडौं । मधेस प्रदेशले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ ।

मुलपानी मैदानमा भएके समूह बीको खेलमा मधेशले लुम्बिनीलाई ९२ रनले पराजित गरेको छ । मधेशले दिएको २६० को लक्ष्य पछ्याएको लुम्बिनी ४९.१ ओभरमा अल आउट भयो ।

ओपनर ब्याटर आकाश त्रिपाठी र देव खनाल क्रमश ८ र ९ रनमा आउट भएपछि लय गुमाएको लुम्बिनीका लागि विशाल विक्रम केसीले सर्वाधिक ३४ रन बनाए । सन्दिप रजालीले २३ रन बनाए ।

वसिर अहमद १५ रनमा आदिलको हातबाट क्याच भए । किसन कार्की ५२ बल खेल्दै ३१ रनमा बोल्ड भए । अनिल खरेल २२ र मोहम्मद हुसेन १५ रनमा क्याच भए । अभिषेक गौतम भने २ रनमा अविजित रहे ।

मधेशका लागि राजेश यादव र प्रदिप पाश्वानले समान ३-३ विकेट लिए ।

त्यसअघि, टस हारेर पहिला ब्याटिङ थालेको मधेश ४८.४ ओभरमा २५९ रनमा अल आउट भयो । मधेशका कप्तान हरिशंकर शाहले ९० बलमा १३ चौका र १ छक्कासहित सर्वाधिक ७६ रन बनाए । ओपनर सन्तोष कार्कीले ६० बलमा ५ चौका र ३ छक्कासहित ५० रनमा आउट भए ।

विकेटकिपर अनिल साहले ४९ बलमा ५ चौका र २ छक्कासहित ५० रनमा आउट भए । अनिलको यो लगातार दोस्रो अर्धशतक हो ।

अनिलले पहिलो खेलमा प्रदेश १ विरुद्ध ६१ रन बनाएका थिए । अनिल यसै सिजनदेखि पुलिस छाडेर घरेलु टोली फर्किएका छन् ।

मधेशलाई ओपनर सन्तोष कार्की र हरिशंकर शाहले पहिलो विकेटका लागि २२.१ ओभरमा १ सय ३० रनको सानदार शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

देव खनालले सन्तोषलाई सुनिल भण्डारीबाट क्याच गराउँदै साझेदारी तोडेका थिए । लुम्बिनीका कृष्ण कार्कीले ३ तथा अनिल खरेलले २ विकेट हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?