
१९ कात्तिक, बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सत्तारुढ गठबन्धनलाई जिताए मुलुकको भविष्य अन्धकारतर्फ जाने बताएका छन् ।
शनिबार पश्चिम नवलपरासीको सुनवलमा राप्रपाले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले अब पनि कांग्रेस र माओवादीलाई जिताए देश बिगार्ने काममा जनताको पनि साथ रहेको पुष्टि हुने बताए ।
‘म भन्दा कान्छो उमेरबाट शेरबहादुर देउवा प्रधानमन्त्री बन्न सुरु गरेका हुन्, अहिले फेरि पनि प्रधानमन्त्री बन्छु भन्दैछन्’, लिङ्देनले प्रश्न गरे, ‘८० वर्षको उमेरमा प्रधानमन्त्री बनेर अब देउवाले के गर्छन् ?’
अध्यक्ष लिङ्देनले मुलकको निर्वाचन प्रणाली र शासकीय स्वरुप परिर्वतन गर्नुपर्ने बताए । निर्वाचन प्रणाली निकै खर्चिलो भएको टिप्पणी गर्दै उनले समानुपातिकको नाममा आफन्त र धनाढ्यलाई टिकट दिने परिपाटीले निर्वाचन प्रणाली विकृत भएको बताए ।
पूर्ण समानुपातिक निर्वाचन प्रणाली उचित हुने बताउदै उनले अब व्यक्तिलाई नभई पार्टीका एजेन्डा हेरेर मतदान गर्नुपर्ने बताए । शासकीय स्वरुप परिवर्तन गरी सांसद मन्त्री बन्न नपाउने र कार्यकारी प्रधानमन्त्री जनताले प्रत्यक्ष चुन्न पाउनुपर्नेमा उनले जोड दिए ।
प्रतिक्रिया 4