+
+

पिकेको बिदाइ सुखद बनाउँदै बार्सिलोना शीर्ष स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २० गते ७:३६

२० कात्तिक, काठमाडौं । स्पानिस ला लिगामा शनिबार राति बार्सिलोनाले घरेलु मैलानमा अल्मेरिमालाई २-० ले पराजित गर्दै जेरार्ड पिकेको बिदाइलाई  सुखद बनाएको छ ।

यस खेलअघि नै पिकेले क्याटलन क्लब छाड्ने घोषणा गरिसकेका थिए । त्यसैले घरेलु मैदान क्याम्प नोउमा उनको लागि खेल विशेष थियो । बार्सिलोनाले पनि जितबाट तीन अंक जोड्दै शीर्ष स्थानमा उक्लनुको साथै पिकेको बिदाइ पनि सुखद बनायो ।

बार्सिलोनाका लागि उसमान डेम्बेले र फ्रेन्की डे जोङले दोस्रो हाफमा गोल गर । पहिलो हाफमा पाएको पेनाल्टीमा रोबर्टो लेवान्डोस्कीले गोल गर्न सकेनन् ।

जितपछि बार्सिलोनाले १३ खेलबाट ३४ अंक जोड्दै रियल मड्रिडलाई पछि पारेको हो । एक खेल कम खेलेको रियल ३२ अंकसहित दोस्रो स्थानमा छ ।

बिदाइमा भावुक पिके भन्छन् ‘यो सही समय हो’

३५ वर्षीय पिके घरेलु मैदानमा अन्तिम खेलपछि भावुक बने । अल्मेरिकाविरुद्ध पहिलो रोजाइमा खेलेका उनले ८४ मिनेट मैदानमा बिताए । त्यसपछि उनलाई खेलाडी प्रशिक्षक लगायत सबैले अंकमाल गरे ।

मंगलबार ओसासुना भ्रमणपछि पिकेले सन्यास लिनेछन् । तर उनले त्यो खेल खेल्ने पक्का भने छैन ।

खेलपछि पिकेले क्याम्प नोउमा स्पिच पनि दिए । जसमा उनले भनेका छन्, ‘म यही जन्मे र म यही मर्नेछु ।’ पिकेले आफू बार्सिलोनाबाहेक अन्य नजाने बताइसकेका छन् ।

‘जब तपाईं बूढो हुनुहुन्छ, तपाईंले महसुस गर्नुहुन्छ कि कहिलेकाहीँ प्रेम गर्न छोड्नु पर्छ । म विश्वस्त छु कि म भविष्यमा फेरि यहाँ आउनेछु,’ पिकेले थपे ।

उनले यो गुडबाइ नभएको पनि बताए । ‘म बार्सिलोनालाई माया गर्छु । त्यसैले यो सही समय जस्तो लाग्यो । यो गुडबाई होइन ।’

अल्मेरियाविरुद्ध कप्तानी आर्मब्याण्ड लगाएका पिके आफ्ना दुई छोरासहित मैदान प्रवेश गरेका थिए । उनको सबै टिम मेटले पिके र उनको जर्सी नम्बर तीन अंकित टिसर्टलगाएका थिए ।

पिकेको सम्मानमा सेम्परथ्री अर्थात फरएभर भन्ने ठूलो ब्यानर समर्थकले देखाएका थिए । यस्तै उनको करियर समेटेर ठूलो स्कृनमा भिडियोसमेत समर्थकलाई देखाइएको थियो ।

पिकेले बार्सिलोनाका लागि ५३ गोल गरेका छन् । अल्मेरियकाविरुद्ध उनको हेडर फर्नान्डो मार्टिनेजले बचाए ।

उनले सम्झौता १८ महिना बाँकी रहँदै बिहीबार बार्सिलोना छाड्ने निर्णय गरेका थिए ।

बार्सिलोनाबाटै युथ करियर सुरु गरेका पिकेले सन् २००८ मा म्यानचेष्टर युनाइटेडबाट बार्सिलोना फर्केपछि ६१६ खेल खेल्दै ३० ट्रफी जिते । सिनियर क्रयर युनाइटेडबाट सुरु गरेका उनले त्यहाँ २३ खेल खेले । केही समय उनी लोनमा रियल जारागोजा पुगेका थिए ।

पिकेले २००७-०८ मा युनाइटेडका लागि १३ खेल खेलेका थिए भने उनले त्यही सिजन प्रिमियर लिग र च्याम्पियन्स लिग जितेका थिए ।

उनी बार्सिलोनाका लागि सर्वाधिक खेल खेल्नेमा पाँचौ स्थानमा रहे । बार्सिलोनाका लागि लियोनल मेसीले सर्वाधिक ७७८ खेल खेलेका छन् । यस्तै बार्सिलोनाका लागि सर्वाधिक ट्रफी जित्नेमा मेसी र आन्द्रेज इनेस्टा पनि पिके छन् । मेसीले ३५ र इनेस्टाले ३२ ट्रफी जितेका थिए ।

सन् २०१० को विश्वकप र २०१२ को युरोकप जितेका पिकेले २०१८ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?