+
+

ल्यापटप चलाउनुहुन्छ ? जानिराख्नुस् यी शर्टकट्स

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २० गते १२:३१

काठमाडौं । आजकल कार्यालयको काम, इन्टरनेट ब्राउजिङदेखि अनलाइनबाट अध्ययन गर्न र सोसल मिडिया चलाउने लगायतमा ल्यापटपको अत्यधिक प्रयोग हुने गेको छ ।

यस्तोमा ल्यापटपको कि बोर्डका बारेमा राम्रोसँग जान्नु निकै उपयोगी हुन्छ र यसले तपाइँको धेरै समय बँच्दछ । शर्टकटस् की को मद्दतले तपाइँले ल्यापटपमा कामलाई सजिलो र रोचक बनाउन सक्नुहुन्छ । त्यस्ता केही शर्टकट की हरु यी हुन्ः

  • Window + Alt + R : यो एउटा निकै उपयोगी विन्डोज शर्टकट्स हो । यसको मद्दतले तपाइँले ल्यापटपको स्क्रिन रेकर्ड गर्न सक्नुहुन्छ । उल्लेखित शर्टकट कीहरुलाई एकसाथ थिच्नुभयो भने ल्यापटपको स्क्रिन रेकर्डिङ सुरु हुन्छ । यदि तपाइँले आफ्नो ल्यापटपको स्क्रिन रेकर्ड गर्न चाहनुहुन्छ भने Window + Alt + R थिच्नुहोस् ।
  • Window + D : यो शर्टकट कीबाट ल्यापटपमा चलिरहेका विन्डोजहरुलाई एकसाथ मिनिमाइज गर्न सकिन्छ । यो शर्टकट त्यसबेला सबैभन्दा उपयोगी हुन्छ जब तपाइँले एकसाथ धेरै विन्डोजहरु खोलेर काम गरिरहनुभएको हुन्छ र तपाइँलाई तत्कालै होमस्क्रिनमा स्विच गर्नुपर्ने हुन्छ । तपाइँले होमस्क्रिनमा जानका लागि सामान्य रुपमा खोलिएका विन्डोजलाई एकएक गरी मिनिमाइज गर्नुपर्ने हुन्छ । तर Window + D : शर्टकट थिचेर एकैपटकमा सबै विन्डोज मिनिमाइज गर्न सकिन्छ । यसका लागि Window + M पनि थिच्न सकिन्छ ।
  • Window + L : यो सुरक्षाको दृष्टिले निकै उपयोगी शर्टकटस् हो । यसको सहयोगले ल्यापटपको सिस्टम लक गर्न सकिन्छ । अर्थात् यसरी लक गरिसकेपछि ल्यापटप खोल्नका लागि पुनः पासवर्ड थिच्नुपर्दछ ।

यो फिचर तब धेरै उपयोगी हुन्छ जब तपाइँ अफिसमा ल्यापटपमा काम गरिरहनुभएको हुन्छ र तपाइँलाई तत्कालै कुनै कामका लागि बाहिर जानुपर्ने हुन्छ । त्यस्तो अवस्थामा तपाइँले Window + L थिचेर तपाइँको कम्प्युटर लक गर्न सक्नुहुन्छ ।

  • Shift + Ctrl + T : यो गुगल क्रोमका लागि सबैभन्दा कामकाजी शर्टकट्स हो । यसको मद्दतले डिलिट गरिएका सबै ट्याबलाई फिर्ता ल्याउन सकिन्छ । कहिलेकाहीँ हामीले हतारमा आवश्यक ट्याबहरु पनि बन्द गरिदिन्छौँ र फेरि त्यस्तो लिंकमा जानका लागि ब्राउजिङ हिस्ट्रीको सहारा लिनुपर्दछ । तर Shift + Ctrl + T शर्टकट की प्रयोग गरेर तपाइँले बन्द गरेका ट्याबहरु क्षणभरमै स्क्रिनमा ल्याउन सक्नुहुनछ । एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?