
२० कात्तिक, काठमाडौं । रेडिअन्ट पब्लिक बोर्डिङ स्कुलको आयोजनामा आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ४८ टिमको सहभागिता रहने रेडिअन्टका प्रिन्सिपल सूर्यबहादुर केसीले आइतबार आयोजित पत्रकार सम्मेलन जानकारी गराए । सिनियर ब्वाइजमा २४ तथा सिनियर गर्ल्स र जुनियर ब्वाइज १२-१२ टिम सहभागी हुने छन् ।
सिनियर ब्वाइजलाई ८ तथा जुनियर ब्वाइज/सिनियर गर्ल्सलाई ४ समूहमा विभागज गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ ।
सिनियर ब्वाइज/गर्ल्समा निम्स तथा जुनियर ब्वाइजमा आयोजक रेडिअन्ट डिफेन्डिङ च्याम्पियन हुन् ।
प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख खर्च हुने रेडिअन्टकी भाइस प्रिन्सिपल सुभद्रा कुँवरले जानकारी गराइन् ।
कात्तिक २९ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु स्युचाटारस्थित आयोजककै कोर्टमा खेलाइने छ । २०७२ सालको भूकम्प तथा कोभिड-१९ का कारण दुई संस्करण प्रतियोगिता सम्भव नभएको आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4