+
+

चुनावपछि कांग्रेस भन्दा धेरै ठूलो हुन्छौं : ओली

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २१ गते १४:१९

२१ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४ मंसिरको चुनावमा आफूहरुले एकल बहुमत ल्याउने बताएका छन् । मंगलबार पोखरामा आयोजित एमालेको कार्यक्रममा उनले कांग्रेस भन्दा धेरै ठूलो पार्टी बन्ने बताएका हुन् ।

‘अहिले के के नामको सर्भेमा एमालेलाई कांग्रेसको हाराहारीमा सिट ल्याउने देखाउन खोजिएको छ । कांग्रेसको जति भोट ल्याउँछ एमालेले भन्ने इम्प्रेसन पार्न खोजिएको छ’ ओलीले भने, ‘तर, नेकपा एमाले कांग्रेसको हाराहारीमा होइन, सानो मार्जिनले होइन, अत्याधिक बहुमतले सबभन्दा अगाडि हुन्छ ।’

एमालेले एकल बहुमत ल्याए पनि अहिले तालमेल गरेका दलहरुलाई सरकारमा सामेल गर्ने ओलीको भनाइ छ । ‘एकल बहुमत ल्याउँछ । एकल बहुमतको सरकार बनाउँछ । यसको अर्थ अर्कालाई सरकारमा सामेलै गराउँदैन भन्ने होइन, सामेल गरिन्छ । तर, फेरि पनि त्यो एमालेकै सरकार बन्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?