+
+

भोजपुरका उम्मेदवार किरातीको घोषणापत्र : बाँदर आतंक हटाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २१ गते १९:४३

२१ कात्तिक, भोजपुर । भोजपुरका प्रतिनिधि सभा सदस्य उम्मेदवार नेकपा माओवादी केन्द्रका सुदन किरातीले बाँदर आतंकलाई नियन्त्रण गर्ने र कृषक पेन्सनलाई जोड दिने घोषणा गरेका छन् ।

गाउँबस्तीमा हुने बाँदर आतंकलाई नियन्त्रण गर्न विशेष पहल गर्ने उनको घोषणा पत्रमा उल्लेख छ । पूर्व सांसद समेत रहेका किराँतीले संसदमा समेत बाँदर नियन्त्रणका लागि आवाज उठाएका थिए । बाँदरकै कारण गाउँ गाउँबाट मान्छेहरु बसाइ सर्न बाध्य छन् ।

१७ बुँदे घोषणा पत्र सार्वजनिक गर्दै उनले शिक्षा, स्वास्थ्यलाई सहज र सरल माध्यममा गुणस्तर तरिकाले लिन सकिने व्यवस्थाको लागि आफ्नो आवाज रहने साथै विशेष गरि कृषक पेन्सनलाई दिगो गर्न गराउन पहल गर्ने बताएका छन् ।

उनले भौतिक पूर्वाधार विकासका अधुरा कामलाई प्राथमिकताका साथ सम्पन्न गर्ने लेखेका छन् । सडक निर्माण, पुल खानेपानी, सिंचाइ, विद्युत, खेल मैदान साथै भवन निर्माणको कामलाई उनले पहिलो नम्बरमा राखेका छन् ।

जनता आवास कार्यक्रम, फुसको छाना हटाउने कार्य र प्रत्येक महिना जिल्लामा श्रमदानको लागि आउने उनको घोषणा पत्रमा उल्लेख छ । टेक्नेलोजीलाई आत्मासाथ गर्दै विदेशबाट समेत मत हाल्न मिल्ने व्यवस्थाको लागि आवाज उठाउने किरातीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?